१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०८२
|
|
४३ पटक हेरिएको
Shares
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा

सारांश

  • काठमाडौं — ‘जेन–जी आन्दोलन’का क्रममा तोडफोड र आगजनीको निशानामा परेका भाटभटेनी सुपरमार्केट समूहले १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जनाएको छ।
  • सञ्चालक मीनबहादुर गुरुङका अनुसार भदौ २४ गते देशभरका विभिन्न शाखामा भएको आगलागी, लुटपाट र तोडफोडका कारण यो ठूलो आर्थिक नोक्सानी भएको हो।
  • उनले भने, “भाटभटेनीका २७ शाखामध्ये ६ वटा मात्र आगलागीबाट जोगिएका छन्, तर तीमध्ये पनि धेरै ठाउँमा लुटपाट भएको छ।

काठमाडौं — ‘जेन–जी आन्दोलन’का क्रममा तोडफोड र आगजनीको निशानामा परेका भाटभटेनी सुपरमार्केट समूहले १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जनाएको छ।

सञ्चालक मीनबहादुर गुरुङका अनुसार भदौ २४ गते देशभरका विभिन्न शाखामा भएको आगलागी, लुटपाट र तोडफोडका कारण यो ठूलो आर्थिक नोक्सानी भएको हो। उनले भने, “भाटभटेनीका २७ शाखामध्ये ६ वटा मात्र आगलागीबाट जोगिएका छन्, तर तीमध्ये पनि धेरै ठाउँमा लुटपाट भएको छ। १२ वटा शाखामा ठूलो मात्रामा लुटपाट, बाँकीमा तोडफोड र चोरी भएका छन्।”

गुरुङले यस घटनालाई “कल्पनाभन्दा बाहिरको विनाश” भन्दै सरकारले छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न आग्रह गरे। “यदि यस्ता घटनामा कुनै कारबाही भएन भने व्यवसायीहरूको मनोबल गिर्छ,” उनले भने, “आज मसँग यस्तो भयो, भोलि अरूसँग नहोला भन्न सकिँदैन।”

उनका अनुसार दशैं–तिहारअघि भएको यस घटनाले बजार, बैंक र रोजगार सबैमा ठूलो असर पारेको छ। “हामी संघर्ष गरेर यहाँसम्म आएका हौं। भाटभटेनीले हजारौंलाई रोजगारी दिएको छ, बैंकमा अर्बौंको ऋण छ। तर यस्तो अवस्थामा पनि लुटपाट हुँदा कसैले जिम्मेवारी नलिने हो भने देशमा को व्यवसाय गर्ने?”

भाटभटेनीले करिब १० अर्ब रुपैयाँसम्मको बीमा गरेको भए पनि वास्तविक क्षति १५ अर्बभन्दा बढी पुगेको गुरुङको दाबी छ। उनले अन्त्यमा भने, “यो क्षति सोच्नै नसकिने, सपनामा पनि कल्पना नगरेको कुरा हो।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ बानेश्वरमा पनि बन्ने भयो ‘अन्डरपास’
नयाँ बानेश्वरमा पनि बन्ने भयो ‘अन्डरपास’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
कोरोना भाइरसका कारण विश्वभर एक सय ५८ नेपालीको मृत्यु
कोरोना भाइरसका कारण विश्वभर एक सय ५८ नेपालीको मृत्यु
कहाँ–कहाँ भयो कांग्रेस र माओवादीको तालमेल ?
कहाँ–कहाँ भयो कांग्रेस र माओवादीको तालमेल ?
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
पीपीएल क्रिकेटः बुटवलको विजयी यात्रा जारी, आयोजक पोखरा ३३ रनले पराजित !
जमुनाहा–हिल्सा दु्रतमार्गः कर्णालीको समृद्धिमा कोशेढुङ्गा
जमुनाहा–हिल्सा दु्रतमार्गः कर्णालीको समृद्धिमा कोशेढुङ्गा
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्
बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन
बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन
कोरोना संक्रमणबाट आज मृत्यु भएका ४ जना को को (विवरणसहित)

तपाईंले छुटाउनुभयो कि?