भारतमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि !
सारांश
- नयाँ दिल्ली, १४ भदौ ।
- भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ ।
- वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.
नयाँ दिल्ली, १४ भदौ । भारतमा बिहीबार पेट्रोलियम पदार्थको मुल्यमा सामान्य वृद्धि भएको छ ।
वृद्धि भएको मुल्य अनुसार पेट्रोलको मुल्य प्रति लिटर दिल्लीमा ७८.३० भारतीय रूपैयाँ र मुम्बइमा ८५.७२ भारतीय रूपैयाँमा भारतीय आयल निगमले विक्री गर्न थालेको छ । त्यसैगरी डिजल राष्ट्रिय राजधानी दिल्लीमा ६९.९३ रूपैयाँ र मुम्बइमा ७४.२४ रूपैयाँ पुगेको छ । पेट्रोलका लागि यसअघिको मुल्य भन्दा दिल्लीमा १२ पैसा र मुम्बइमा १३ पैसा बढी तिर्नु पर्ने भएको समाचारमा जनाइएको छ ।
त्यसैगरी डिजलमा पनि दिल्ली र कोलकत्तामा १४ पैसा र मुम्बई तथा चेन्नईमा १५ पैसा वृद्धि भएको निगमले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया