आफन्त भएको नक्कली कागजपत्र बनाएर मृगौला चोरियो
सारांश
- भक्तपुर, १४ जेठ – मानसिक रोगको औषधि खाइरहेका एक युवकको मृगौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।
- प्रहरीले मोरङ विराटनगर स्थायी घर भई हाल भक्तपुरमा डेरा लिइ बस्ने बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिएका छन् ।
- गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक टुकुचाका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर मृगौला निकाली प्रत्यारोपण गरिएको थियो ।
भक्तपुर, १४ जेठ – मानसिक रोगको औषधि खाइरहेका एक युवकको मृगौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।
प्रहरीले मोरङ विराटनगर स्थायी घर भई हाल भक्तपुरमा डेरा लिइ बस्ने बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिएका छन् ।
गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक टुकुचाका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर मृगौला निकाली प्रत्यारोपण गरिएको थियो ।
मृगौला प्रत्यारोपण गर्दा आफन्त भएपनि नाता प्रमाणितलगायतको कागजपत्र पेश गर्नुपर्नेमा मिर्गौला चोरी निकासी गर्ने गिरोहले नक्कली कागजपत्र पेश गरी मृगौला झिकेको प्रहरीको अनुसन्धानमा खुलेको हो ।
प्रतिक्रिया