आफैं भोट हाल्न पाउँदैनन् बझाङका महिला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
आफैं भोट हाल्न पाउँदैनन् बझाङका  महिला

सारांश

  • मंसिर ७, २०७४-जयपृथ्वी नगरपालिका–१ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ ।
  • उनले कक्षा ६ सम्मको अध्ययन पनि गरेकी छन् ।
  • उनी मोबाइल चलाउँछिन्, मतपत्रमा लेखिएका अक्षर पनि पढ्न सक्छिन् ।

मंसिर ७, २०७४-जयपृथ्वी नगरपालिका–१ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ । उनले कक्षा ६ सम्मको अध्ययन पनि गरेकी छन् । उनी मोबाइल चलाउँछिन्, मतपत्रमा लेखिएका अक्षर पनि पढ्न सक्छिन् । चिह्न छुटयाउन सक्छिन् तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन् ।

उनी सिद्धा हुम्लाको साबिक लाली गाविसबाट २०५३ मा विवाह गरी बझाङ आएकी हुन् । उनी आएपछि ५ पटक चुनाव भयो । कुनै पनि चुनावमा उनले मतदान गर्न भने पाइनन् । ‘भोट हाल्न जानुपर्छ भनेर घरमै बोलाउन आउँछन् । लाइन लगाउँछन् । जब भोट हाल्ने बेला हुन्छ तपाईं बिगार्नुहुन्छ हामी हालिदिन्छौं भनेर मतपत्र खोस्छन्,’ उनले भनिन्, ‘गाउँकै जान्ने–सुन्नेले त्यसो भनेपछि कसरी नाइँ भन्नु, उनीहरूले मत हाल्छन् । हामी नङमा रङ मात्र लगाएर फर्किन्छौं ।’ उनले आफू मात्र होइन, गाउँका अधिकांश महिलाको मत दलका एजेन्ट, कार्यकर्ता, आफन्त र छिमेकीहरूले हालिदिने गरेको सुनाइन् ।

यो समस्या कैलाशको मात्र होइन जिल्लाभरको हो । मष्टा गाउँपालिकाकी ७८ वर्षीया राजीदेवी कठायत मतदानसम्बन्धी अनुभव सुनाउँदै भन्छिन्, ‘अहिलेसम्म एक पटक पनि आफंैले भोट हालेकी छैन । ‘तपाईंले हाल्दा बिग्रन्छ भन्छन् । साँच्चै बिग्रने पो हो कि भन्ने लाग्छ । सधैं अरूले नै हालिदिन्छन् ।’

आफ्नो मत आफंै हाल्न नपाएकोमा अधिकांश महिलाको गुनासो छ तर उनीहरू आफन्त र छिमेकीको करकापका अगाडि बोल्न सक्दैनन् । ‘बिहानदेखि बेलुकासम्म लाइनमा बस्नुपर्छ, आफ्नै हातले भोट हाल्न कहिल्यै दिँदैनन् । आफैं हाल्न पाए त आफूलाई मन परेको नेतालाई हाल्थेंहोला । हामीलाई हाल्नै दिँदैनन्,’ मष्टा गाउँपालिकाकै हीरादेवी कठायत भन्छिन्, ‘उनीहरूलाई भोट हाल्न नदिए झगडा गर्छन् । खानु न पाउनु भोटका लागि के झगडा गर्नु भनेर चुप लाग्छु ।’

‘एउटा चुनावमा मेरो भोट नातिले हाल्यो, अर्काेपालाको चुनावमा गाउँले नाता पर्ने भतिजाले मतपत्र खोसेर हाल्यो । कुन पार्टीका हुन् थाहा छैन,’ थलाराकी असमती विष्टले भनिन्, ‘खोसाखोस गर्छन् । हामी त अक्क न बक्क हुन्छौं ।’

मष्टा गाउँपालिकामा रहेको मालिका निम्न माध्यमिक विद्यालयको केन्द्रमा १ हजार १ सय ४७ मतदातामध्ये ६ सय २० महिला छन् । तीमध्ये ४ सयभन्दा बढी महिलाको मत अर्कैले हाल्ने गरेको स्थानीय प्रशान्त कठायत बताउँछन् । यस्तै सुर्मा गाउँपालिकामा १८ सयभन्दा बढी महिला मतदाता रहे पनि ११ सयभन्दा बढी महिलाको मत अर्कैले हाल्ने गरेको दौलीचौर मावि व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए ।

अधिकांश महिला निरक्षर भएको र साक्षरमा पनि आत्मविश्वासको कमी हुँदा मत हाल्दा बिग्रने डरले अरूले नै हस्तक्षेप गर्ने महिला अधिकारकर्मीहरू बताउँछन् । धेरैजसो पुरुषलाई महिलाले आफूले चाहेभन्दा अर्काे उम्मेदवारलाई मत हाल्छन् भन्ने शंका भएकै कारण उनीहरू मतदानबाट वञ्चित भएको महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशी बताउँछिन् । ‘कतिपय महिला त आफूले मत हाल्दा बिग्रन्छ कि भनेर अरूलाई नै हाल्न दिन्छन्,’ उनले भनिन्, ‘तर धेरैजसो महिलालाई पुरुषहरूले विश्वास नगरेकै कारण जबरजस्ती मतपत्र खोसेर मतदानबाट वञ्चित गराएका छन् ।’

जिल्लाको औसत साक्षरता ५५.५० प्रतिशत छ । जिससको तथ्यांकअनुसार यहाँका करिब ७३ प्रतिशत पुरुष साक्षर छन् भने महिला साक्षरता ४० प्रतिशत मात्र छ । बढीजसो महिला निरक्षर भएकै कारण पुरुषले महिलाका नाममा मतदान गर्ने महिला अधिकारकै क्षेत्रमा लामो समय काम गरेका कलक खत्री सुनाउँछन् । उनले भने, ‘मत बिर्गाछन् भन्ने निहुँ बनाए पनि सबैको नियत आफ्नो पक्षमा मत खसाल्ने नै हुन्छ । एक हिसाबले भन्ने हो भने अधिकांश महिलाको मत कब्जा नै गरिन्छ भन्दा पनि हुन्छ ।’ महिला सशक्तीकरण अभावकै कारण यस्तो हुने उनको बुझाइ छ ।

बझाङका करिब १ लाख ४ हजार मतदातामध्ये ५३ हजार ५ महिला छन् ।

प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले भने महिलाको मत अरूले हाल्ने चलन रोक्न यसपटकको चुनावमा कडाइका साथ प्रस्तुत हुने बताए । भन्छन्, ‘हामीले यस विषयमा मतदान अधिकृतहरूलाई कडा निर्देशन दिएका छौं ।

l

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न
स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी
मङ्कीपक्सबाट ब्राजिल र स्पेनमा एक-एक जनाको मृत्यु
मङ्कीपक्सबाट ब्राजिल र स्पेनमा एक-एक जनाको मृत्यु
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै
हेर्नुहोस कहाँ कहाँ सुरु भैसक्यो मतगणना !
हेर्नुहोस कहाँ कहाँ सुरु भैसक्यो मतगणना !
तपाईको आज : कात्तिक १९ गतेको राशिफल यस्तो छ
तपाईको आज : कात्तिक १९ गतेको राशिफल यस्तो छ
प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री
प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री
कोरोनाले जगाएको सार्कराष्ट्रबीचको एकता र साझेदारी
कोरोनाले जगाएको सार्कराष्ट्रबीचको एकता र साझेदारी
पूर्व राजाको समान बोकेको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु
पूर्व राजाको समान बोकेको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु
पानी जहाज ओझेलमा, मिनी पानी जहाजको परीक्षण सम्पन्न
पानी जहाज ओझेलमा, मिनी पानी जहाजको परीक्षण सम्पन्न

तपाईंले छुटाउनुभयो कि?