महानगरपालिका बनाउन ढिलाइ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १६, २०७६
|
|
३८ पटक हेरिएको
Shares
महानगरपालिका बनाउन ढिलाइ

सारांश

  • नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउने प्रक्रियामा ढिलाइ भएको छ ।
  • “यो राजनीतिसँग पनि जोडिएको विषय भएकाले ढिलो हुनु स्वाभाविक हो ।
  • केही समयभित्रै हामी पुनः प्रयास थाल्ने छौँ”, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउने प्रक्रियामा ढिलाइ भएको छ । “यो राजनीतिसँग पनि जोडिएको विषय भएकाले ढिलो हुनु स्वाभाविक हो । केही समयभित्रै हामी पुनः प्रयास थाल्ने छौँ”, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भन्नुभयो ।

महानगरपालिका बनाउन आवश्यक भौतिक पूर्वाधार, भौगोलिक क्षेत्र, जनसङ्ख्यालगायतका आवश्यक विषयमा छलफल भने भइरहेको उहाँले बताउनुभयो । महानगरपालिकाको सम्भाव्यता अध्ययन तथा अन्य कामका लागि नगरसभाबाट रु २५ लाख बजेट पनि छुट्याइएको छ ।

प्रदेश नं ५ सरकारले महानगरपालिकाका लागि सारेको अवधारणाका आधारमा नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन शुरु गरिएको थियो । तर, शुरुको एक वर्ष केही काम गर्न खोजेकोजस्तो देखिए पनि अहिले आएर यसको गति निकै सुस्त देखिएको छ ।

नगरप्रमुख धवलशम्शेर राणाका अनुसार, प्रदेश नं ५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही र नेपालगञ्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ । “आगामी स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकालाई हामी महानगरपालिका बनाइसक्ने गरी सबै पूर्वाधार जुटाइसक्छौँ”, नगरप्रमुख राणाले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन बाँके जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
चीन जाने गैंडाको नामाकरण भयाे  – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’
चीन जाने गैंडाको नामाकरण भयाे – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप
सिसी क्यामेराको जडान गर्न करीब छ करोड
सिसी क्यामेराको जडान गर्न करीब छ करोड
लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी
लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी
प्रदेश ४ को नामकरणका लागि अभियान
प्रदेश ४ को नामकरणका लागि अभियान
अर्का कोरोना संक्रमितको पनि मृत्यु, ९ जना पुगे नेपालमा ज्यान गुमाउने
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी
नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी
भारत भन्दा दाेब्बर र चिन भन्दा तेब्बर महंगाे नेपालमा सिमेन्ट
भारत भन्दा दाेब्बर र चिन भन्दा तेब्बर महंगाे नेपालमा सिमेन्ट
भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही
भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही