आज विश्वको आँखा रसियामा, विश्वकप फाइनल- फ्रान्स र क्रोएसिया भिड्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
४५ पटक हेरिएको
Shares
आज विश्वको आँखा रसियामा, विश्वकप फाइनल- फ्रान्स र क्रोएसिया भिड्दै

सारांश

  • काठमाडौं ।
  • एक महिना अघिदेखि रसियामा शुरु भएको विश्वकप आज सकिंदैछ ।
  • विश्वकप कुन देशले जित्छ भन्ने सबैको आ-आफ्नै अनुमान शुरु भैसकेको छ ।

काठमाडौं । एक महिना अघिदेखि रसियामा शुरु भएको विश्वकप आज सकिंदैछ । विश्वकप कुन देशले जित्छ भन्ने सबैको आ-आफ्नै अनुमान शुरु भैसकेको छ । नेपाली समय अनुसार आज साँझ पौने ९ बजेदेखि विश्वकपको फाइनल खेल हुँदैछ । एकपटक मात्रै विश्वकप जितेको फ्रान्स र पहिलोपटक विश्कपको फाइनलमा पुगेको क्रोएसियाबीच आज खेल हुँदैछ ।

एक महिनाको अवधिमा ६३ वटा खेल भएका छन् । आज विश्वले नयाँ च्याम्पियनका साथ सकिंदैछ । मस्कोस्थित लुझनिकी रंगशालमा फ्रान्स र क्रोएसिया आमने–सामने हुँदैछन् । रूसमा एक महिनाअघि विश्वकप प्रतियोगिता सुरु हुँदा फाइनलमा पुग्ने यी दुई टोलीबीच सायद अनुमान गरेका थिएनन् ।

विश्वले फाइनलमा देख्न चाहने अर्जेन्टिना, ब्राजिल, पोर्चुगलका फुटबलका स्टार स्ट्राइकरहरू लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेइमार घर फर्किसकेका छन्। विश्व फुटबलमा साम्राज्य जमाउँदै आएका शक्ति राष्ट्रहरू ब्राजिल, जर्मनी र अर्जेन्टिना घर फर्किसकेका छन्।

फुटबल इतिहासमा ब्राजिल, अर्जेन्टिना, जर्मनी र इटालीमध्ये फाइनल प्रवेश नगरेको यो दोस्रो पटक हो । यसअघि २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा यी ४ देश फाइनलमा प्रवेश गर्न सकेका थिएनन्। २०१० मा स्पेनले नेदरल्यान्ड्सलाई निराश पार्दै विश्वकपको उपाधि जितेको थियो।

फ्रान्सले यसअघि १९९८ मा घरेलु मैदानमा ब्राजिललाई निराश पार्दै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। चिनिएका देशका समर्थक रहेका नेपालीहरु पनि फाइनल पुगुन्जेल परिवर्तन भैसकेका छन् । फ्रान्स र क्रोएसियाबीचको फाइनल खेलमा कसले विश्वकप उचाल्छ भन्नेमा विश्वभरका मानिस अनुमान गरिरहेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ