टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु
सारांश
- विराटनगर ८ भदौ।
- सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका-११ तिङला स्थित तल्लो सोलु जलविधुत आयोजनाको मसाला घोल्ने (मिलर) बोकेको ट्रीफर बिहिबार सडकबाट २५ मिटर तल खस्दा १ जना भारतीय कामदारको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।
- मृत्यु हुनेमा भारत पश्चिम बंगाल कोच विहार बस्ने वर्ष २९ को पवित्र पाल रहेका छन् ।
विराटनगर ८ भदौ। सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका-११ तिङला स्थित तल्लो सोलु जलविधुत आयोजनाको मसाला घोल्ने (मिलर) बोकेको ट्रीफर बिहिबार सडकबाट २५ मिटर तल खस्दा १ जना भारतीय कामदारको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत पश्चिम बंगाल कोच विहार बस्ने वर्ष २९ को पवित्र पाल रहेका छन् । त्यसैगरी गम्भीर घाइते हुनेमा भारत सिक्किम अपरनेङजे बस्ने वर्ष २८ को संजय सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बिहिबार अपरान्ह ४:३० बजे ड्याम निर्माणको काम सकेर कार्यालयतर्फ फर्कदै गरेको एपि-०४-टिएक्स-८२८४ नम्बरको मिलर बोकेको टिपर दुधकुण्ड नगरपालिका-११ स्थित तिङलामा सडकबाट अन्दाजी २०/२५ मिटर तल खस्दा दुबै जना गम्भीर घाइते भएका थिए ।
घाइते दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल सोलुखुम्बु लगिएकोमा पवित्र पालको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते संजय सुब्बालाई थप उपचारका लागि काठमाण्डौ पठाईएको छ ।
प्रतिक्रिया