सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य
सारांश
- नवलपरासी, २१ साउन ।
- पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिकाहरु कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य भएका छन् ।
- सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हँुदै आएको छ ।
नवलपरासी, २१ साउन । पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिकाहरु कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य भएका छन् ।
सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हँुदै आएको छ । कक्षा ६ भन्दा माथिल्लो कक्षा अध्ययनका लागि विद्यार्थीहरु भारतका विभिन्न विद्यालयमा जान बाध्य भएका हुन ।
सुस्तामा कक्षा ६ पछि अध्ययनको व्यवस्था नहँुदा विद्यार्थी अध्ययनका लागि भारतीय विहार राज्यको भंैसालोटन बजारका विद्यालयमा अध्ययन गर्न जान बाध्य भएको जनता दलित प्राविका प्रधानाध्यापक उदयबहादुर रुचालले जानकारी दिए । करीब ७० प्रतिशत विद्यार्थी भारतीय बजारमा अध्ययन गर्न बाध्य छन् ।
सुस्ताको विद्यालयमा पर्याप्त शिक्षक, आवश्यक भौतिक संरचनालगायतको अभावमा विद्यालयमा कक्षा ६ पछिको माथिल्ला कक्षा सञ्चालन गर्न नसकिएको सुस्ता गाउँपालिकाका शिक्षा स्रोतव्यक्ति टंकनाथ ढकालले जानकारी बताए ।
प्रतिक्रिया