आफ्नै डिजिटल वालेट ल्याउँदै हाम्रो पात्रो

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
२७ पटक हेरिएको
Shares
आफ्नै डिजिटल वालेट ल्याउँदै हाम्रो पात्रो

सारांश

  • नेपालको लोकप्रिय एप हाम्रो पात्रोले आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ ।
  • सुपर एप बन्ने दिशामा रहेको एपले त्यसलाई प्रभावकारी बनाउन भुक्तानी सेवाको क्षेत्रमा हात हालेको हो ।
  • नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायकका लागि नयाँ लाइसेन्स जारी गर्न बन्द गरिसकेको अवस्थामा हाम्रो पात्रोले यसअघि नै अस्तित्वमा रहेको लेनदेन सेवा खरिद गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

नेपालको लोकप्रिय एप हाम्रो पात्रोले आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ । सुपर एप बन्ने दिशामा रहेको एपले त्यसलाई प्रभावकारी बनाउन भुक्तानी सेवाको क्षेत्रमा हात हालेको हो । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायकका लागि नयाँ लाइसेन्स जारी गर्न बन्द गरिसकेको अवस्थामा हाम्रो पात्रोले यसअघि नै अस्तित्वमा रहेको लेनदेन सेवा खरिद गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । हाम्रोपात्रो इंकले आफ्नो ७५ प्रतिशत शेयर स्वामित्व रहने गरी उक्त भुक्तानी सेवाप्रदायकमा लगानी गरेको हो ।

जारी अनुमतिपत्र बिक्री गर्न नपाउने राष्ट्र बैंकको नियमका कारण अधिकांश शेयर लगानीको रुपमा हाम्रो पात्रोले डिजिटल वालेट आफ्नो बनाएको हो । स्रोतका अनुसार लेनदेन सेवामा हाम्रा ेपात्रोको लगानीलाई राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ । काठमाडौंको टेकुमा केन्द्रिय कार्यालय रहेको लेनदेन सेवाले २० माघ २०७७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाको अनुमतिपत्र पाएको थियो ।

यसअघि एक करोड रहेको कम्पनीको चुक्ता पूँजी हाम्रो पात्रोको प्रवेशसँगै बढ्नेछ । वालेट खरिद गरेसँगै त्यसलाई अब नयाँ स्वरूपमा रिब्रान्डिङ गर्ने योजनामा हाम्रोपात्रो रहेको बुझिएको छ ।

सम्भवतः अब लेनदेन सेवाको नाम समेत परिवर्तन गरी ‘हाम्रो पे’ बन्नेछ । त्यसो त यस अघि नै कम्पनीका बोर्ड अफ डिरेक्टरका अध्यक्ष रुद्र पाण्डेले हाम्रो पात्रो अब सुपर एप बन्ने र त्यसमा डिजिटल वालेट समेत समावेश गर्ने उल्लेख गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा
प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा
अभिनेत्री शिल्पा मास्के भन्छिन् : पात्र र कलाकार फरक हुन्
अभिनेत्री शिल्पा मास्के भन्छिन् : पात्र र कलाकार फरक हुन्
भोजपुरमा एमालेका शेरधन र गठबन्धनका सुदनबीच मुख्य प्रतिस्पर्धा
भोजपुरमा एमालेका शेरधन र गठबन्धनका सुदनबीच मुख्य प्रतिस्पर्धा
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक
एचआइभी संक्रमितलाई निशुल्क औषधी : प्रम ओली
एचआइभी संक्रमितलाई निशुल्क औषधी : प्रम ओली
कुन मन्त्रालयको बेरुजु कति ?
कुन मन्त्रालयको बेरुजु कति ?
ओली सरकार असफल, राजसंस्था अपरिहार्य : झा
ओली सरकार असफल, राजसंस्था अपरिहार्य : झा
विप्लवबारे प्रधानमन्त्री देउवा भन्छन्– कि वार्ता हुुनुपर्‍यो, कि मुकाविला !
विप्लवबारे प्रधानमन्त्री देउवा भन्छन्– कि वार्ता हुुनुपर्‍यो, कि मुकाविला !

तपाईंले छुटाउनुभयो कि?