कुन मन्त्रालयको बेरुजु कति ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १, २०८०
|
|
४० पटक हेरिएको
Shares
कुन मन्त्रालयको बेरुजु कति ?

सारांश

  • काठमाडौं ।
  • यस आर्थिक वर्षमा अर्थ मन्त्रालयको बेरुजु अत्यधिक देखिएको छ ।
  • महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो ।

काठमाडौं । यस आर्थिक वर्षमा अर्थ मन्त्रालयको बेरुजु अत्यधिक देखिएको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो ।

यस्तै भौतिक पूर्वाधारमा १५.६२, सञ्चारमा ४.८१, कृषिमा ४.८१ प्रतिशत बेरुजु रहेको छ । यसैगरी गृहमा २.७९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा २.३८, ऊर्जा, जलस्रोत तथा सिँचाइमा २.३०, सहरी विकासमा १.९५ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले देखाएको छ ।

खानेपानीमा १.५६, स्वास्थ्य तथा जनसंख्यामा ४.८८ र अन्यमा ४.८८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थागततर्फ लेखापरीक्षणबाट एक वर्षमा औँल्याइएको बेरुजु रु १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रहेको छ  ।

जसअनुसार यो वर्ष ६ हजार ५४६ निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाखको लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख छ । संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागततर्फ लेखा परीक्षणमा औँल्याइएको कुल अद्यावधिक बेरुजु ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रहेको छ । जुन गत वर्ष भन्दा २१.४५ प्रतिशतले बढी हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
काभ्रेका मुख्य मुख्य स्थानमा सिसी क्यामेरा राखिने
काभ्रेका मुख्य मुख्य स्थानमा सिसी क्यामेरा राखिने
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
आजको दिन श्रमिकको दिन
आजको दिन श्रमिकको दिन
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय
सोमबार ७ हजार ४२५ जनामा कोरोना पुष्टि
श्रीमानसँग मिलेर प्रेमीको हत्या
श्रीमानसँग मिलेर प्रेमीको हत्या
साढे ३३ किलो सुन प्रकरण: यि एआईजी साबकाे पनि नाम लिए अभियुक्तले !