अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
५९ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक

सारांश

  • १५ माघ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्य पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन् ।
  • ट्रम्पले उनको मध्यपूर्व शान्ति योजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गरेका हुन् ।
  • उहाँले आफ्नो योजनालाई प्यालेस्टाइनीहरूको निम्ति अन्तिम मौका पनि भनेका छन् ।

१५ माघ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्य पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन् ।

ट्रम्पले उनको मध्यपूर्व शान्ति योजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गरेका हुन् । उहाँले आफ्नो योजनालाई प्यालेस्टाइनीहरूको निम्ति अन्तिम मौका पनि भनेका छन् ।

शान्ति योजनाको संयुक्त घोषणा त्यतिखेर भएको छ जतिखेर ट्रम्प र नेतान्याहु दुवैले आन्तरिक राजनीतिक चुनौती बेहोरिरहेका छन् । राजनीतिक विश्लेषकहरूले योजनालाई दुबैले आफ्नो निर्वाचन अभियानमा भोट जम्मा गर्ने रणनीतिका रूपमा अथ्र्याएका छन् ।

शान्ति योजनामा इजरायलले ‘महत्वपूर्ण भौगोलिक सम्झौता’ गर्ने र प्यालेस्टिनी राज्यको इलाकालाई युद्धमार्फत् इजरायलले कब्जा गरेको जेरूसेलमसहितको प्यालेष्टिनी भूमि बराबर दिने प्रस्ताव गरिएको छ । झट्ट हेर्दा यसलाई आपसी सहमतिमा जमिनको सट्टापट्टा गरी इजरायल र प्यालेष्टिनीबीचको विवादलाई अन्त्य गर्ने योजनाजस्तो मान्न सकिन्छ । योजनासँगै सार्वजनिक गरिएको अवधारणात्मक नक्शाले प्यालेटिनी राज्यले दावी गर्दै आएको भूगोललाई छुट्टाएको देख्न सकिन्छ । योजनामा इजरायली र प्यालेष्टिनी समुदायको वस्तीहरूलाई जोड्न दुबै पक्षले अनुकुलता अनुसार पुल, सुरूङ तथा सडक मार्ग, जसलाई ‘व्यवहारिक यातायात समाधान’ भनिएको छ, को व्यवहारिक आदानप्रदानको धारणा पेश भएको छ । यसो गर्दा वेस्ट ब्याङ्कको एक चौथाई जमिन रहेको जोर्डन भ्यालीमा इजरायली पक्षको सार्वभौमसत्ता कायम रहनेछ ।

सम्बोधनमा ट्रम्पले भने, “आजको सम्झौता प्यालेस्टिनीहरूलाई उनीहरूको स्वतन्त्र राज्य स्थापनाको सपना सार्थक पार्ने ऐतिहासिक अवसर हो । सत्तरी वर्षदेखि कुनै प्रगति नभएको सन्दर्भमा यो उनीहरूलाई अन्तिम मौका हुन सक्छ ।”

इजरायली नेता बेन्जामिन नेतन्याहुको यहुदी वस्ती विस्तार र जेरूसेलमलाई अविभाजित राजधानी बनाउने कडा नीतिको पक्षमा शान्ति योजना आएपछि यसले प्यालेष्टिनीहरूको आफ्नो स्वतन्त्र राज्य निर्माणको आशालाई असम्भव हुने अवस्था देखिएको छ ।

योजनालाई इजरायली प्रधानमन्त्री नेतन्याहुले ऐतिहासिक उपलब्धि भनी भन्नुभएको छ । यो प्यालेष्टाइनसँगै मध्य पूर्वका अन्य मुलुकका लागि बृहत् अवसर हो । “यो इजरायलका लागि र मध्यपूर्वका लागि बृहत् योजना हो ।”

संसारको सबभन्दा लामो समयदेखि जारी द्वन्द्वलाई समाधान गर्न प्रस्तावित उक्त योजनाको मस्यौदा राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ ज्यारेड कुश्नरको अगुवाइमा भएको हो ।

ट्रम्पले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्याङ्कका वस्तीमाथि इजरायलको सार्वभौमिकता पनि प्रस्ताव गरेका छन् ।

यसैबीच, अमेरिकी योजनालाई प्यालेस्टिनी प्रधानमन्त्री महमुद अब्बासले प्यालेष्टिनी समुदाय विरूद्धको ‘षडयन्त्र’ भन्दै अस्वीकार गर्नुभएको छ । “म ट्रम्प र नेतान्याहुलाई भन्छु । जेरूसलेम विक्रीमा छैन । हाम्रा सबै अधिकार विक्रीमा छैनन् न त त्यसमा लेनदेन हुन्छ । यो षडयन्त्र सफल हुँदैन,“ रमल्लाहमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने ।

मङ्गलवार गाजा क्षेत्रमा हजारौँ प्यालेस्टाइनीहरूले विरोध प्रदर्शन गरेका थिए । योजना सार्वजनिक गर्ने तयारीसँगै इजरायली सेनाले इजरायल अधिनस्थ वेस्ट ब्याङ्कमा सैन्य उपस्थिति थप बलियो पारेको छ ।

साउदी अरेबिया र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन्।

तर साउदी अरेबियाका राजा सलमानले प्यालेस्टाइनी राष्ट्रपतिलाई टेलिफोन गरेर आफ्नो देश प्यालेस्टिनी मुद्दाप्रति कटिबद्ध रहेको पनि बताएका छन् ।

इजिप्टले प्यालेस्टाइन तथा इजरायल दुवैलाई राष्ट्रपति ट्रम्पको शान्ति योजना सचेततापूर्ण विचार गर्न र वार्ता पुनः शुरु गर्न आह्वान गरेको छ ।इजिप्टको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् उक्त आह्वान गरेको छ।

तर जोर्डनले भने मध्यपूर्वमा शान्ति स्थापना गर्ने एउटै बाटो भनेको सन् १९६७ भन्दा अघिको सिमाना बमोजिम स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हो भनेको छ । इजरायलले वेस्ट ब्याङ्क तथा गाजा क्षेत्रलाई सन् १९६७ पछि कब्जा गरेको थियो ।

लेबननस्थित इरान समर्थित हेज्बोल्लाह समूहले ट्रम्पको योजनाले प्यालेस्टाइनी शरणार्थीको फिर्ता हुने अधिकार तथा प्यालेस्टाइनी जनताको भूमि अधिकार हनन गर्ने भन्दै त्यसलाई थोपर्ने प्रयास भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीको बिदाईका लागि प्रधानमन्त्री र राष्ट्रपति विमानस्थलमा
सीको बिदाईका लागि प्रधानमन्त्री र राष्ट्रपति विमानस्थलमा
‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’
‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’
पारिवारिक वियोगले सम्हालिन गार्हो–पुष्पकमल
पारिवारिक वियोगले सम्हालिन गार्हो–पुष्पकमल
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
लेटाङमा झडप हुँदा महिला प्रहरीको ज्यान गयो
लेटाङमा झडप हुँदा महिला प्रहरीको ज्यान गयो
एभर्टनको रोमाञ्चक जित
एभर्टनको रोमाञ्चक जित
मन्त्रीपरिषदको बैठक जारी
मन्त्रीपरिषदको बैठक जारी
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
प्रहरी माथि हाबि हुदै नेपालका रास्ट्रीय राजनिति पार्टी…
प्रहरी माथि हाबि हुदै नेपालका रास्ट्रीय राजनिति पार्टी…
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?