बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
३६ पटक हेरिएको
Shares
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी

सारांश

  • दमाैली।
  • तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ।
  • बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो।

दमाैली। तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो।
लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिए। उनका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ। “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ”, उनले भने।

केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ। “केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब द्रुतगतिमा अगाडि बढ्छ”, उनले भने। केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ। साँझ ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ।

“केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, अध्यक्ष शर्माले भने। उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ।

विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो। विसं २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माण पनि तीव्रगतिमा भइरहेको छ। केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ। पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ।

केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ। यस अगाडि केबलकारको क्षमता प्रतिघन्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ। होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्‍याइएको छ। दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ। होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ।

यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ। बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ। यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ। यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए। यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ।

बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ। केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ। ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ। केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ।

केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन (आइपिओ) खुला गर्न सम्झौता भइसकेको छ। लिमिटेडको प्रतिसेयर अङ्कित मूल्य रु एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ।

रु तीन अर्ब ४९ करोड कुल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब १५ करोड रहेको अध्यक्ष शर्माले जानकारी दिए। त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ। चुक्ता पुँजीको १० प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने शर्माले बताए।

आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ। लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
तौल घटाएपछि नगर्नुस यस्ता गल्ती
तौल घटाएपछि नगर्नुस यस्ता गल्ती
‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा
‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
रसुवाका उम्मेदवारहरु गाउँगाउँमा
रसुवाका उम्मेदवारहरु गाउँगाउँमा
आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ  : मुख्यमन्त्री पाण्डे
आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे
प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल
प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल
पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी
पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी