आफ्नै रेकर्ड तोडिसकेका प्रधानमन्त्री देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिपरिषद;

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
२० पटक हेरिएको
Shares
आफ्नै रेकर्ड तोडिसकेका प्रधानमन्त्री देउवाले बनाए इतिहासकै जम्बो मन्त्रिपरिषद;

सारांश

  •  माओवादी मन्त्रीहरु आफैं नहटे केहीदिनभित्रै विनाविभागीय बनाउने तयारी प्रधानमन्त्रीको छ  .
  •              प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासकै जम्बो मन्त्रिपरिषद बनाएका छन् ।
  • आफ्नै रेकर्ड यसअघि नै तोडिसकेका प्रधानमन्त्री देउवाले शनिबार बेलुका फेरि ८ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद्को संख्या ६४ पुर्याएका हुन् ।

 माओवादी मन्त्रीहरु आफैं नहटे केहीदिनभित्रै विनाविभागीय बनाउने तयारी प्रधानमन्त्रीको छ  .

             प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासकै जम्बो मन्त्रिपरिषद बनाएका छन् ।

आफ्नै रेकर्ड यसअघि नै तोडिसकेका प्रधानमन्त्री देउवाले शनिबार बेलुका फेरि ८ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद्को संख्या ६४ पुर्याएका हुन् ।

उनले राप्रपाका अध्यक्ष कमल थापासहित ४ मन्त्री र ४ राज्यमन्त्री थप गरेका हुन् ।

आफूसँग शान्ति तथा पुनर्निर्माण मन्त्रालय मात्रै बाँकी रहे पनि चारैजना मन्त्रीलाई ‘विना विभागीय’ रुपमा सपथ ग्रहण गराइएको छ ।

प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिने तयारी गरेका छन् ।

चुनावकै मुखमा सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकतासम्म गर्ने तयारी गर्दै सहमति गरेपछि प्रधानमन्त्री देउवाले यस्तो तयारी गरेका हुन् ।

त्यसको संकेत संसद्को शनिबारको बैठकमा पनि प्रधानमन्त्रीले गरेका थिए । “प्रधानमन्त्रीज्यु, यति धेरै मन्त्री किन ? जुलुस निकाल्न ?,” नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भनेका थिए “यो संविधानमा यति उति मन्त्री भनेर लेखेकै छैन, विपक्षी दलको नेताले यस्ता कुरा बोल्न सुहाउँदैन । प्रधानमन्त्रीले संवैधानिक अधिकार पनि प्रयोग गर्न नपाउने ? २, ४ दिनपछि मन्त्रीको संख्या घट्न पनि सक्छ थाहा पाउनुहोला ।”

तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि आफूहरु सरकार ढाल्ने पक्षमा नरहेको भन्दै स्पष्ट पारेका थिए ।
उनले तर पनि प्रधानमन्त्रीले आशंका गरेको उनको भनाई थियो । बालुवाटार उच्च स्रोतकाअनुसार प्रधानमन्त्रीले सकेसम्म माओवादी मन्त्री आफैं जिम्मेवारीबाट बाहिरिँदा राम्रो हुने बताएका छन् । त्यो नभए उनीहरुलाई विना विभागीय बनाएर राप्रपाबाट थप भएकाहरुलाई मन्त्रालयको जिम्मा दिने तयारी गरिएको छ ।

माओवादीका मन्त्रीहरुले अहिले गृह, परराष्ट्र, स्वास्थ्य लगायतका मन्त्रालय सम्हालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?