खुट्टाले जहाज उडाउने यी पाइलट !
सारांश
- जन्मदेखि नै जेसिका कक्सका दुबै हात छैनन् तर उनी एक पाइलट बनेर उडिरहेका जहाजलाई नियन्त्रण गरिरहेकी हुन्छिन्।
- उनी दुबै हात नभएर पनि विमान चालकको इजाजत पत्र एकमात्र पाइलट हुन्।
- उनले १० अक्टोबर, २००८ मा पाइलटको लाइसेन्स पाएकी थिइन्।
जन्मदेखि नै जेसिका कक्सका दुबै हात छैनन् तर उनी एक पाइलट बनेर उडिरहेका जहाजलाई नियन्त्रण गरिरहेकी हुन्छिन्। उनी दुबै हात नभएर पनि विमान चालकको इजाजत पत्र एकमात्र पाइलट हुन्। उनले १० अक्टोबर, २००८ मा पाइलटको लाइसेन्स पाएकी थिइन्। सामान्यतयास् एउटा मानिसलाई उडान कला सिक्न ६ महिना लाग्छ। जेसिकाले भने तीन वर्षसम्मको अथक प्रयास र तालिमबाट मात्र विमान उडाउन सफल भएकी हुन्।
उनले आकाशमा उडाउने मात्रै होइन, सडकमा गुडाउने ड्राइभरको लाइसेन्स समेत लिइसकेकी छिन्। जेसिका तेक्वान्दोको ब्याल्कबेल्ट पनि हुन्। उनले दुई खुट्टाकै साहरामा तेक्वान्दो खेलमा अब्बल भएर पाँच हजार व्यक्तिसामु तेक्वान्दोकला प्रस्तुत गरेकी थिइन्। सन् १९८३ मा अमेरिकाको अरिजोना राज्यमा जन्मेकी जेसिकाले मनोविज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेकी छिन्।
उनी केही महिना अघि ह्याण्डीक्याप इन्टरनेशनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग कोष लगायतका संस्थाकाे निम्तोमा नेपाल अाएकी थिइन् स्थलगत अध्ययनसँगै नेपालको अपाङ्गता क्षेत्रमा अभिप्रेरणा र थप जागरुकता सिर्जना गर्नु उनकाे भ्रमणकाे उद्देश्य थियाे ।
प्रतिक्रिया