आमा जयालाई एक्लै छोडेर अभिषेक ऐश्वर्याको पछि लागेपछि …

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
३६ पटक हेरिएको
Shares
आमा जयालाई एक्लै छोडेर अभिषेक ऐश्वर्याको पछि लागेपछि …

सारांश

  • एजेन्सी ।
  • बलिउड अभिनेता तथा सुपरस्टार अमिताभ बच्चनको पारिवारिक झमेलाले यतिबेला भारतीय सञ्चार माध्यमहरु तातिरहेका छन् ।
  • अभिषेक र ऐश्वर्या नयाँ घरमा सर्ने कुरालाई लिएर शुरु भएको विवादले आमा जया र छोरा अभिषेकको बीचमा समेत दरार पैदा गरेको छ ।

एजेन्सी । बलिउड अभिनेता तथा सुपरस्टार अमिताभ बच्चनको पारिवारिक झमेलाले यतिबेला भारतीय सञ्चार माध्यमहरु तातिरहेका छन् । अभिषेक र ऐश्वर्या नयाँ घरमा सर्ने कुरालाई लिएर शुरु भएको विवादले आमा जया र छोरा अभिषेकको बीचमा समेत दरार पैदा गरेको छ ।

भर्खरै इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याह र उनकी श्रीमती सारा भारत भ्रमणमा आएका थिए । त्यहि दौरान नेतन्याहले आइबार मुम्बईको ताज प्यालेस होटलमा शलोम बलिउड नामक कार्यक्रम आयोजना गरेका थिए । जहाँ बच्चन परिवारको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा ऐश्वर्या र अभिषेक एक अर्काको हातमा हात राखेर पुगेका थिए । जबकि आमा जयाका प्रिय छोरा अभिषेक यो भन्दा पहिलेका कार्यक्रमहरुमा आमासँगै देखिन्थे । तर उनको आमा भने अलग गाडीमा कार्यक्रममा उपस्थित भएकी थिइन् ।

फरक फरक समयमा आएका उनीहरुको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा अभिषेक र ऐश्वर्या एक अर्कासँग निकै खुशी देखिएका थिए भने त्यहि जयाको भने उदास र मलिन अनुहार देखिन्छ । त्यतिमात्र होइन जयालाई गाडीसम्म छोड्न समेत अरुनै मानिस उनलाई मद्दत गरिरहेका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार यो तस्बिरबाट बुझ्न सकिन्छ कि बच्चन परिवार यतिबेला निकै ठूलो समस्याबाट गज्रिरहेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Anmol Binod Adhikari

    lagos na ta dhoti ke matlab tolai

    Comment Author

    Sanju Magar

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?