ट्याक्सी मिटरमा जान मानेनन् ! यसो गर्नुस्…
सारांश
- काठमाडौं ।
- कुनै पनि ट्याक्सी मिटरमा जान नमानेमा तपाइँले प्रहरीलाई खबर गर्न सक्नुहुन्छ ।
- त्यसका लागि महानगरीय ट्राफिक कन्ट्रोल रुमको हटलाईन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एसएमएस गर्नुपर्नेछ ।
काठमाडौं । कुनै पनि ट्याक्सी मिटरमा जान नमानेमा तपाइँले प्रहरीलाई खबर गर्न सक्नुहुन्छ । त्यसका लागि महानगरीय ट्राफिक कन्ट्रोल रुमको हटलाईन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एसएमएस गर्नुपर्नेछ ।
ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने, मिटर बिग्रेको बहाना बनाउने, मिटर बिगार्ने ट्याक्सीलाई कार्वाहीलाई तीव्रता दिएको छ । यात्रुसंग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने, बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कार्वाही गर्न थालेको महाशाखाले जनाएको छ ।
शनिवार मात्रै ६७ जना ट्याक्सी चालक कारबाहीमा परेका छन । उपत्यकाका विभिन्न स्थानमा प्रहरीले नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकहरुलाई कारवाही गर्दै आएको जनाएको छ ।
ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा महानगरीय ट्राफिक कन्ट्रोल रुमको हटलाईन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एसएमएस, फेसबुक पेज मेट्रोपोलिटन ट्राफिक पुलिस डिभिजन, ट्विटरमा भ्याली ट्राफिक, मोवाइल एप ट्राफिक पुलिस नेपालमा समेत सूचना दिन सकिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया