प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रहरी अधिकृतहरूलाई  दर्ज्यानी चिन्ह प्रदान

सारांश

  • काठमाडौं, ४ जेठ ।
  •   प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को जेठ ३ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गरेका छन ।
  • उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका १६ जना र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।

काठमाडौं, ४ जेठ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को जेठ ३ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गरेका छन ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका १६ जना र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो । पदोन्नति भएका एकजना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिनुभयो । कार्यरत स्थानमा कर्मचारीको मनोवल बढाउँदै संगठनको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

संगठनको नीति र उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी दृढतापुर्वक पुरा गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले कानुनी रूपमा विभेद नगरी समान न्याय गर्नुपर्ने, अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिहरूप्रति कठोर भई निर्भिकताकासाथ काम गर्नुपर्ने बताउनुभयो । कार्यालय तथा कामको दुरुस्ततामा ध्यान दिनुपर्ने र प्रहरी कर्मचारीलाई सम्पादित कामको आधार, अनुभव र अन्य मूल्याङकनको आधारमा वृत्तिबिकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने चर्चा गर्नुभयो ।

उक्त अवसरमा पदोन्नती भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक केदार रिजालले संगठनले दिएको जिम्मेवारी संगठनको नीति अनुसार पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा। दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
लक्ष्य पूरा गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
लक्ष्य पूरा गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका
युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी !
बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी !
३ स्थानीय तहको नतिजा आउन बाँकी, सबैमा एमाले अघि
३ स्थानीय तहको नतिजा आउन बाँकी, सबैमा एमाले अघि
पोखरा प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ?
पोखरा प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ?
जेल फोडेर भागेका थप एक जना पक्राउ
जेल फोडेर भागेका थप एक जना पक्राउ
फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

तपाईंले छुटाउनुभयो कि?