आयुष्माको पोल्टामा लिटिल मिस दाङको उपाधि

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
१६ पटक हेरिएको
Shares
आयुष्माको पोल्टामा लिटिल मिस दाङको उपाधि

सारांश

  • दाङ, ३ बैशाख ।
  • यस वर्षको लिटिल मिस दाङको उपाधि १२ वर्षीया आयुष्मा खड्काले जितेकी छन् ।
  • घोराहीमा भएको फाइनल राउण्डमा १२ प्रतिष्पर्धीहरुलाई उछिनेर उनले “लिटिल मिस दाङ”को ताज पहिरिएकी हुन् ।

दाङ, ३ बैशाख । यस वर्षको लिटिल मिस दाङको उपाधि १२ वर्षीया आयुष्मा खड्काले जितेकी छन् । घोराहीमा भएको फाइनल राउण्डमा १२ प्रतिष्पर्धीहरुलाई उछिनेर उनले “लिटिल मिस दाङ”को ताज पहिरिएकी हुन् ।

उनलाई भव्य कार्यक्रमका बीच प्रमुख अतिथि राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल र सल्लाहकार सुलोचना प्रधानले ताज पहिराएका थिए ।

ताज पहिरिँदा आयुष्मा निकै खुशी र उत्साहित देखिएकी थिइन् । “लिटिल मिस दाङको विजेता बन्न पाउँदा निकै खुशी लागेको छ”, आयुष्माले उत्साहित हुँदै भनिन् “केही गर्नका लागि ढोका खुलेको महशुस भएको छ ।”

घोराही उपमहानगरपालिका १५ शान्तिनगर टोलका प्रकाश खड्का र आशा बस्नेत खड्काकी कान्छी छोरी आयुष्मा जनज्योति विद्यामन्दिरमा कक्षा ६ मा अध्ययनरत छिन् । पढाइ लगायत अतिरिक्त क्रियाकलापमा अब्बल आयुष्माको मोडलिङमा विशेष रुची छ । जीवनको लक्ष्य भने उनले डक्टर बन्ने बताइन् । उपाधिसहित उनले बेष्ट क्याटवाक अवार्ड पनि जितिन् ।

उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडेमीले संयुक्तरुपमा आयोजना गरेको लिटिल मिस दाङमा जिज्ञासा नेपाली फस्ट रनर अप भएकी थिइन् । उनले मिस अलराउण्डरको अवार्ड पनि जितिन् । प्रतियोगितामा सामना शर्मा स्टाइलिस अवार्डसहित सेकेण्ड रनर अप भएकी थिइन् । भालुबाङकी ६ वर्षीया अनुष्का आचार्यले मिस ट्यालेन्ट अवार्ड जितेकी थिइन् ।

त्यसैगरी श्रुति चन्दले पब्लिक च्वाइस अवार्ड र ड्रेस अप अवार्ड, सायाङ पुन मगरले मिस क्यूट अवार्ड, सुधा जीएमले लिडरशीप अवार्ड, बिहानी शर्माले इन्टेलिजेन्ट अवार्ड, निरुता सिंह ठकुरीले ब्यूटी क्वीन, आरजू योगीले फ्रेण्ड्ली अवार्ड र अर्गनाइजर च्वाइस अवार्ड र आशिका शर्माले डिसिप्लीन अवार्ड जितेकी थिइन् ।

प्रतियोगिताको निर्णायकमा नेपाल जेसिजका पूर्व केन्द्रीय उपाध्यक्ष निशान्त आचार्य, चर्चित संगीतकार सन्तोष श्रेष्ठ र दाङ महिला जेसिजकी पूर्व अध्यक्ष एवं अधिकारकर्मी बिन्दु गिरी कुवँर हुनुहुन्थ्यो ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङ शाखा अध्यक्ष सविन प्रियासन, नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुलोचना गौतम पोख्रेल, रेडियो स्वर्गद्वारीकर्मी एवं बिबिसी रिपोर्टर बसुन्धरा गौतम, अधिकारकर्मी सुशीला पौडेल, पूर्व उत्सर्ग स्टार समिक्षा पौडेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्सर्ग स्टार आदर्श योगी र उत्सर्ग कलाकेन्द्रका कलाकारहरु अञ्जु बस्नेत, नवीन वली, अविरल थापा, अञ्जली केसी, सिपी मगर र आशा परियारले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदीप पौडेलको मुद्दा : सर्वोच्चले बोलायो छलफलमा, होला पुन: मतगणना ?
प्रदीप पौडेलको मुद्दा : सर्वोच्चले बोलायो छलफलमा, होला पुन: मतगणना ?
पोखराको प्याराग्लाइडिङ : पुन : तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ : पुन : तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट
संघीय संसद-दोस्रो अधिवेशनको तालिका यस्तो छ…
संघीय संसद-दोस्रो अधिवेशनको तालिका यस्तो छ…
समयावधि तोकेर मात्र काम अघी बडाउछु:नवनियुक्तअधिकृत सुशील ज्ञवाली
समयावधि तोकेर मात्र काम अघी बडाउछु:नवनियुक्तअधिकृत सुशील ज्ञवाली
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो
गैंडा लिन टाइगर रिजर्बले नेपाललाई बोलायो
जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारीमा
जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारीमा
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे  बुधबार बार्ता
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे बुधबार बार्ता

तपाईंले छुटाउनुभयो कि?