आज ३३४ जनामा कोरोना पुष्टि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २२, २०७७
|
|
३० पटक हेरिएको
Shares
आज ३३४ जनामा कोरोना पुष्टि

सारांश

  • बिहीबार एकै दिन ३३४ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
  • विकास देवकोटाका अनुसार बिहीबार ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ।

बिहीबार एकै दिन ३३४ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ। बुधबार २०१ जना र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ ।

बुधबार पीसीआर विधिबाट ८४ हजार एक सय ३४ र आरडीटी विधिबाट एक लाख २५ हजार पाँच सय ६४ को नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार आठ सय ६७ र आरडीटी विधिबाट पाँच हजार एक सय ८५ जनाको नमुना परीक्षण गरिएको छ।

बिहीबारका संक्रमितमध्ये विराटनगरमा एक, वीरगन्जमा एक, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८, प्रादेशकि जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालामा परीक्षण गराएका १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १०६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत आठ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ९३ जना गरेर बिहीबार मात्र तीन सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?