आयोगले साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने
सारांश
- काठमाडौं, १५ बैशाख ।
- आज निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ ।
- गत बैशाख १२ र १३ गते आयोगमा दर्ता भएका उम्मेदवारीविरुद्ध परेको उजुरी विरोधमा अहिले आयोगले जाँचबुझ गरिरहेको छ ।
काठमाडौं, १५ बैशाख । आज निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ ।
गत बैशाख १२ र १३ गते आयोगमा दर्ता भएका उम्मेदवारीविरुद्ध परेको उजुरी विरोधमा अहिले आयोगले जाँचबुझ गरिरहेको छ । आयोगले आज साँझ ६ बजे मनोनयन दर्ताको नामावली प्रकाशन गर्दैछ ।
बैशाख १६ गतेसम्म उम्मेदवारहरुले मनोनयन फिर्ता लिन सक्ने उम्मेदवारहरुको अन्तिम नामावली शुक्रबार नै आयोगले सार्वजनिक गर्ने कार्यतालिकामा रहेको छ ।
१७ गते शनिबार उम्मेदवारहरुले निर्वाचन चिन्ह प्राप्त गर्नेछन् । ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया