आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
१२ पटक हेरिएको
Shares
आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो

सारांश

  • काठमाडौँ ।
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
  • त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मी र खुमलटार क्लबबीचको खेल दुई–दुई गोलको बराबरी सकिएको हो ।

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मी र खुमलटार क्लबबीचको खेल दुई–दुई गोलको बराबरी सकिएको हो । खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।

यता खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा आर्मीका जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३५औँ मिनेटमा खुमलटारका मेसुकेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५१औँ मिनेटमा आर्मीका नवयुगले गोल गर्दै खेललाई दुई–एकको स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७५औँ मिनेटमा खुमलटारका स्टेफेन समिरले गोल गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याए । यसपछि खेलमा गोल हुन सकेन र खेल दुई–दुई गोलको बराबरीमा सकियो । यस बराबरी खेलसँगै आर्मीले १९ खेलमा २६ अङ्क जोडेको छ भने समान खेल खेलको खुमलटारले १८ अङ्क जोडेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?