एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १०, २०७६
|
|
४७ पटक हेरिएको
Shares
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन्।
  • सोमबार नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताएका हुन ।
  • निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको उनको भनाइ थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन्। सोमबार नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताएका हुन ।

निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको उनको भनाइ थियो । उनले कम्युनिष्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रुपमा निर्वाचनलाई लिइएको बताए ।

पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाईराखेको पनि अध्यक्ष प्रचण्डको चिन्ता थियो । दाहालले भने, “गठबन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरु लागिपरेका छन् ।” जनताको नैतिक दबाबका साथ खबरदारीले पार्टी एकता सम्भव भएको उनको ठम्याइ छ ।”

पार्टी एकता टुङ्ग्याउनेतर्फ दुवै अध्यक्ष लागिरहेको बताउँदै उनले कार्यकर्तालाई विचल्लित नभई लाग्न आग्रह गरे । अब एकताको प्रक्रिया टुङ्ग्याउनका लागि केन्द्रीय संरचना, विशेष कमिटी, आयोग, विभाग र कार्य विभाजनको काम मात्रै बाँकी रहेको पनि दाहालले जनाए ।

पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकताको अन्तिम चरणमा आइपुग्दा पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे पनि यसले दुर्भाग्य हुने खतरा औंल्याए । सहमति र एकताको आधारबाट विचल्लित नभई सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उनले बताए । पार्टी एकताबाट विचल्लित हुन खोज्दा खण्डन र आलोचनाले पार्टीलाई सच्चिन मद्दत पुग्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त
निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त
छठ पर्व सुरु ,नहाय–खाय विधि गरिँदै
छठ पर्व सुरु ,नहाय–खाय विधि गरिँदै
मायाले बाेलायाे बाेलकाे गीत रिलिज ( भिडियो सहित )
मायाले बाेलायाे बाेलकाे गीत रिलिज ( भिडियो सहित )
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
विषाक्त खानाले ७८ जना कैदी बिरामी, विरोधमा जेलभित्रै आन्दोलन
विषाक्त खानाले ७८ जना कैदी बिरामी, विरोधमा जेलभित्रै आन्दोलन
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे
प्रधानमन्त्री ओली अस्वस्थ, ३ दिन बेड रेष्ट गर्न सुझाव
प्रधानमन्त्री ओली अस्वस्थ, ३ दिन बेड रेष्ट गर्न सुझाव
प्रधानमन्त्री ओलीका चीन भ्रमणका एजेण्डाहरु !
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले