संविधान दिवसमा ब्ल्याक आउट गछौँः महतो
सारांश
- राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भोलि आफ्नो पार्टीले संविधान दिवसलाई ‘ब्ल्याक आउट’ गर्ने बताएका छन् ।
- उनले संविधान दिवसका दिन ७० प्रतिशत जनताले ब्ल्याक आउट गर्ने चेतावनी पनि दिए ।
- प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बोल्दै महतोले संविधान बनेको ४ वर्ष भइसक्दा पनि सबै जनताले उत्साहपूर्वक संविधान दिवस मनाउने अवस्था नआएको टिप्पणी गरे ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भोलि आफ्नो पार्टीले संविधान दिवसलाई ‘ब्ल्याक आउट’ गर्ने बताएका छन् । उनले संविधान दिवसका दिन ७० प्रतिशत जनताले ब्ल्याक आउट गर्ने चेतावनी पनि दिए । प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बोल्दै महतोले संविधान बनेको ४ वर्ष भइसक्दा पनि सबै जनताले उत्साहपूर्वक संविधान दिवस मनाउने अवस्था नआएको टिप्पणी गरे ।
महतोले आक्रोशित हुँदै भने,’भोलि दिपावली होइन, ब्ल्याक आउट गर्ने हो, यो देशका मधेसी, जनजाती, थारू, दलितले ब्ल्याक आउट गर्छ । देशका ७० प्रतिशत जनताले संविधान दिवस मनाउन चाहिरहेको छैन । सबैलाई राष्ट्रघाति घोषणा गर्दिने ?’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया