आलिया र रणवीरको विहे कहिले हुन्छ ?
सारांश
- चर्चित बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट अहिले बलिउडका चर्चित लभ कपल हुन् ।
- अहिले बलिउडमै बेष्ट मानिएको यो जोडीको विहेको समाचार सुन्न भने केही कुर्नु पर्ने भएको छ ।
- केही समय अघि उनीहरुको विहेको तयारी भइरहेको र धुमधामका साथ हुने बताइएको थियो ।
चर्चित बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट अहिले बलिउडका चर्चित लभ कपल हुन् । अहिले बलिउडमै बेष्ट मानिएको यो जोडीको विहेको समाचार सुन्न भने केही कुर्नु पर्ने भएको छ । केही समय अघि उनीहरुको विहेको तयारी भइरहेको र धुमधामका साथ हुने बताइएको थियो । तर आलियाका काका मुकेश भट्टले विहेको सबै समाचार झुटो भएको दावी गरेका छन् ।
मुकेशले आलिया र रणवीरको विहेको खबर सबै हावादारी भएको भन्दै कसले विहेको हल्ला चलाउँदो रहेछ भनेर उल्टै चासो देखाएका छन् । आलियाका भाई राहुलले पनि काका मुकेशको भनाईमा सही थप्दै दिदीको विहेको खबर साँचो नभएको भनेका छन् । राहुलले एक वेभसाइटलाई आलिया आफ्नो सौतेनी आमातर्फको दिदी भएको र सँगै नबस्ने भएकाले पनि त्यति धेरै थाहा नभएको उल्लेख गरेका छन् ।
यद्यपी राहुलले आफुलाई आलिया र रणवीरको जोडी आफुलाई मन पर्ने र विहे भइहाले निमण्त्रणा आएको खण्डमा आफुलाई बोलाइने बताए । केही समय अघि आलियाकी आमा पनि विहेको कुरालाई लिएर केही खुलेकी थिइन् । तर अहिले उनी पनि सेलाएर गइसकेकी छिन् । आलिय र रणवीरले आफ्ना निकटहरुलाई आफ्नो सम्बन्धको बारेमा नखुलाए पनि दुवैको सम्बन्धको बारेमा प्रायलाई थाहा भइसकेको छ । कतिपय स्थानमा दुवै सँगै पुग्ने गरेका छन् ।
हालसालै बाहिरिएको समाचारलाई मान्ने हो भने आलियाले फेसन डिजाइनर शव्य साचीँसँग विहेका लागि लेहेंगा अर्डर पनि गरिसकेकी छिन् । उनीहरु आगामी बर्षको शुरुवातमै विवाह बन्धनमा बाँधिने अड्कल पनि बलिउडवृत्तमा गरिएको छ । यसै बर्ष सम्पन्न फिल्मफेयर अवार्ड समारोहमा आलियाले सबैको सामु आफ्नो मनको कुरा पनि बताएकी थिइन् र रणविरलाई प्रस्ताब पनि गरेकी थिइन् । त्यसपछि उनिहरुलाइ धेरै ठाउँहरुमा सँगै पनि देखीएको छ ।
प्रतिक्रिया