रूखबाट लडेर वृद्घाको मृत्यु
सारांश
- रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्घाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महरा हुनुहुन्छ ।
- बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस (स्याउला) काट्न भनी गएकी कलावतीको एक्कासि लडेर गम्भीर घाइते हुनुभएको थियो ।
रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्घाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महरा हुनुहुन्छ ।
बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस (स्याउला) काट्न भनी गएकी कलावतीको एक्कासि लडेर गम्भीर घाइते हुनुभएको थियो ।
गम्भीर घाइते कलावतीलाई उपचारका लागि डडेल्धुरातर्फ लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया