फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
सारांश
- संघको ११ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई ५ सय ७ को फराकिलो मतअन्तरले पराजित गर्दै वर्तमान प्रथम उपाध्यक्ष रहेका कृष्णहरी भण्डारी विजयी भएका हुन् ।
- साथै, निर्वाचनमा एक सदस्यबाहेक अन्य पदमा भण्डारी प्यानल विजयी भएको छ ,भटराई समुहबाट सदस्यमा धिरज कुमार श्रेष्ठ विजयी भएका छन् ।
- निर्वाचनमा एक हजार एक सय ५७ मत खसेकोमा आइतबार बिहान सवा ३ बजेमात्र मतगणना सकिएको निर्वाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए ।
संघको ११ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई ५ सय ७ को फराकिलो मतअन्तरले पराजित गर्दै वर्तमान प्रथम उपाध्यक्ष रहेका कृष्णहरी भण्डारी विजयी भएका हुन् । साथै, निर्वाचनमा एक सदस्यबाहेक अन्य पदमा भण्डारी प्यानल विजयी भएको छ
,भटराई समुहबाट सदस्यमा धिरज कुमार श्रेष्ठ विजयी भएका छन् । निर्वाचनमा एक हजार एक सय ५७ मत खसेकोमा आइतबार बिहान सवा ३ बजेमात्र मतगणना सकिएको निर्वाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए ।
उनका अनुसार अध्यक्षमा विजयी भण्डारीले ८ सय २४ र भट्टराईले ३ सय १७ मत प्राप्त गरेका छन् । विधान संशोधनपछि भएको विभिन्न १७ पदका लागि ३२ जना चुनावी मैदान उत्रिएका थिए । भण्डारी र भट्टराई राजनीतिकरुपमा एउटै खेमाका भए पनि संघको चुनावका लागि छुटाछुटै प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका हुन्।
यसपालि थपिएकोे वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बलराम ढकाल ६ सय ६५ मतका साथ विजयी भएका छन् । उनका प्रतिष्पर्धी गीतादेवी सुवेदीले ४ सय ५० मत प्राप्त गरेकी छन् । यस्तै, प्रथम उपाध्यक्षमा वर्तमान महासचिव छत्रधर आत्रेय ८ सय ४२ मत प्राप्त गरी विजयी हुँदा मेजर रामप्रसाद गुरुङले २ सय ६७ मत प्राप्त गरे भने द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठले ७ सय १८ मतसहित विजयी हुँदा प्रत्यासी दयाराम तिवारीको पक्षमा मात्र ४ सय ८ मत परेको छ । महासचिवमा भरतकुमार अधिकारी झिनो मतअन्तरले विजयी हुन सफल भए । उनी ५ सय ६० मतसहित विजयी हुँदा महासचिवका प्रत्यासी ऋषिराम जमरकट्टेलले ५ सय ५३ प्राप्त गरे । यसैगरी, उपमहासचिवमा वर्तमान कोषाध्यक्ष गोपिचन्द्र बास्तोला ६ सय ३५ मतका साथ विजयी भएका छन् भने प्रतिद्वन्द्वी दामोदरभक्त थापाले ४ सय ७२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भए । उनले ८ सय ९२ मत ल्याए भने प्रतिद्वन्द्वी सोमतबहादुर श्रेष्ठले २ सय २० मत ल्याए । दुई महिला सदस्य पदमा जानुका अधिकारी ८ सय ३४ र राधा सापकोटा ६ सय ८८ मतसहित विजयी भए । महिला सदस्यका अर्का उम्मेदवार लक्ष्मी बास्तोलाले ४ सय ७१ मत ल्याइन् । यसअघि महिला आरक्षण एक जनामात्र रहेकोमा यसपालि बढाएर दुई बनाइएको हो । आठ खुल्ला सदस्य पदमा १५ जनाबीच भएको प्रतिष्पर्धामा भण्डारी प्यानलबाट सात र भट्टराई प्यानलबाट एक जना विजयी भए । भण्डारी प्यानलबाट उपेन्द्रराज सुवेदी राजु (८७१), रामजी पौडेल (७५०), मेनुका श्रेष्ठ (७२७), भरतराज ओझा (६९३), सरोजराज अधिकारी (६७७), भीमबहादुर नेपाली काईला (६२४), शिवप्रसाद भण्डारी (६२१) र भट्टराई प्यानलका धीरजकुमार श्रेष्ठ (५७६) विजयी भए । सदस्यमा अशोकप्रसाद बराल (४६१), गणेश अधिकारी (२७५), मधुसुदन कोइराला (४५४), महेश्वर आचार्य (३८५), रमेशराज पौडेल (३९८), रुद्ररमण रेग्मी (३१३) र सप्तनाथ कुँवर (३३८) पराजित भए । तीमध्ये अशोक भण्डारी प्यानलका हुन् ।
संघमा संस्थागततर्फ शैलेन्द्रमोहन भट्टराई र एशोसियटतर्फ प्रशान्तराज धमला यसअघि नै निर्विरोध भएका थिए । निर्वाचनमा फराकिलो मतअन्तर ६ सय ७२ मतअन्तरले कोषाध्यक्ष ओझा र झिनो मतान्तर मात्र ७ ले महासचिव अधिकारी विजयी भएका हुन् । २३ सदस्यीय कार्यसमितिमा निर्वाचत अध्यक्षले तीन जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।
निवर्तमान अध्यक्ष पदेन सदस्य रहनेछन् । विगतमा भने अध्यक्ष र सदस्यका लागि मात्र मतदान हुने गरेकोमा यसपटक सबै पदाधिकारीमा निर्वाचन भएको हो। संघका नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । जितपछि अध्यक्ष भण्डारीले व्यावसायिक हकहित पक्षमा सबैलाई मिलाएर लैजाने बताए । उनले लेखनाथलाई कृषि, पर्यटन र शिक्षाको सहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । भण्डारी अध्यक्षमा निर्वाचित हुनु यसअघि उनले क्रमशः कार्यसमिति सदस्य, उपमहासचिव, द्वितीय उपाध्यक्ष र प्रथम उपाध्यक्षको दौड पूरा गरेका हुन् ।
शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म भएको मतदानमा कुल एक हजार दुई सय ५५ मतदाता थिए । मतगणना शनिबार साँझ ५ बजेबाट शुरु भएको थियो । नयाँ कार्यसमितिलाई आइतबार बिहानै निर्वाचन आयुक्त आचार्यले शपथ खुवाएका छन् ।
प्रतिक्रिया