हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
सारांश
- सहिद तथा बेपत्ता परिवारको राष्ट्रिय सम्मेलन दाङमा सम्पन्न जानकी दहित दाङ, २८ चैत ।
- नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले बाँकी जीवन देश र जनताका लागि एकपटक अर्पण गरेको बताएका छन् ।
- सहिद तथा बेपत्ता परिवार समाजको राष्ट्रिय सम्मेलनलाई आज दाङको घोराहीमा सम्बोधन गर्दै उनले अधूरो क्रान्ति पूरा गर्न जनयुद्धपछि बचेको ज्यान अब एकीकृत जनक्रान्तिमा अर्पण गरिसकेकाले सहिदहरुको सपना साकार पारी छाड्ने अठोट व्यक्त गरे ।
सहिद तथा बेपत्ता परिवारको राष्ट्रिय सम्मेलन दाङमा सम्पन्न
जानकी दहित
दाङ, २८ चैत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले बाँकी जीवन देश र जनताका लागि एकपटक अर्पण गरेको बताएका छन् । सहिद तथा बेपत्ता परिवार समाजको राष्ट्रिय सम्मेलनलाई आज दाङको घोराहीमा सम्बोधन गर्दै उनले अधूरो क्रान्ति पूरा गर्न जनयुद्धपछि बचेको ज्यान अब एकीकृत जनक्रान्तिमा अर्पण गरिसकेकाले सहिदहरुको सपना साकार पारी छाड्ने अठोट व्यक्त गरे ।
सहिद तथा बेपत्ता योद्धा परिवारहरुलाई नआत्तिन आग्रह गर्दै क्रान्ति अन्तिम अन्तिमतिर आइसकेको बताए । उनले भने, “तपाईहरुको साथ र ऊर्जा हामीलाई दिनुहोस्, प्रचण्ड बाबुरामजस्तो धोखा र गद्धारी गर्ने छैनौं बरु हामी लड्छौं, मर्न तयार छौं, जितेरै छाड्नेछौं ।”
क्रान्ति सम्पन्न नहुँदै प्रचण्ड बाबुरामहरुले हिजोकै व्यवस्थामा गएर सहिदहरुको सपना पूरा गर्ने पार्टीलाई दमन गरिरहेको आरोप बुढामगरले लगाए । सहिदहरुको सपना क्रान्ति सम्पन्न गरी जनवादी व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने र जनतालाई स्वाधीन, खुशी, सुखी र समृद्ध बनाउने रहेकाले त्यो उद्देश्य प्राप्त गर्न सम्पूर्ण सहिद तथा बेपत्ता परिवारहरुलाई गोलबन्द हुन अपिल गरे ।
पूँजी तथा विदेशीहरुको चाकडी गर्दै कम्युनिष्टको खोल ओढेर कम्युनिष्टहरुको जरा काट्न आइरहेकाले एमाले माओवादी केन्द्रलाई सामाजिक दलाल पूँजीवादीको संज्ञा दिए । नेपाली जनतालाई झुक्याउन कम्युनिष्टको खोल ओढेर कम्युनिष्टलाई सिध्याउन नयाँ दलाल प्रयोग भएका छन्, जनतालाई छल्न शान्तिको नाममा अशान्ति मच्याउन र विकासका नाममा विनाश गर्न विभिन्न चालबाजी भइइरहेको भन्दै सचेत रहन आग्रह गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य एवम् सहिद संगमका दाई ओम पुन निर्माणले आफूहरुको पार्टी सहिदहरुको रगतले लतपतिएको पार्टी भएकाले सहिदको रगत पखालिने भनेकै क्रान्ति सम्पन्न गरेर जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनकै लागि हुने बताए । “सहिद कसैका निजी हुँदैनन् । सबैका हुन्छन् । सहिदको मूल्य ८÷१० लाखमा होइन तर अहिलेको व्यवस्थाले सहिदका ठाउँमा विभिन्न शब्दका नाममा सहिदहरुलाई अपमान गरेको छ ।”
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीकै अर्का पोलिटब्यूरो सदस्य वीरजंगले अन्याय, अत्याचार, विभेदका विरुद्ध बगेको सहिदहरुको रगत कुनै वस्तुसँग तुलना गर्न नमिल्ने बताए । बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष रामबहादुर थापा सुन्दरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शितलले सहिदहरुको रगतको चुक्ता गर्न सहिदहरुले देखाएको बाटोमा लामबद्ध भएकाले सहिदहरुको सपना पूरा गरिछाड्ने संकल्प व्यक्त गरे ।
यसैबीच सहिद तथा बेपत्ता परिवारहरुको राष्ट्रिय सम्मेलनले सहिद परिवार समाजको अध्यक्षमा खुमा सुबेदी चयन भएका छन् । १९ सदस्यीय केन्द्रीय समिति रहेको समितिको उपाध्यक्षमा मोहम्मद आदम, सचिवमा जया पौडेल, कोषाध्यक्ष ऐना धमला र सदस्यहरुमा रैबहादुर बस्नेत, प्रेम शाही, शोभा आचार्य, अञ्जु कुमाल, हेमन्ता बुढाथोकी हरि मल्ल भाष्कर लगायत रहेका छन् ।
त्यस्तै सम्मेलनले रामबहादुर थापा सुन्दरको अध्यक्षतामा ११ सदस्यीय बेपत्ता परिवार समाज केन्द्रीय समिति चयन गरेको छ । जसको महासचिवमा नवराज ढुङगाना, कोषाध्यक्ष सोममाया विक रहेका छन् । सदस्यहरुमा जानुका सेढाई, रत्न घिमिरे, हरिमाया विक, गणेश बोगटी, सुशीला चौधरी रहेका छन् ।
Tulsi Gajurel
padd ra paisa napugeka hou timiharu natra parti lai ek dhikka banara lanuko satta parti futara gayeu awasar badi neta haru….