ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गर्यौंः पूर्व प्रधानमन्त्री खनाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गर्यौंः पूर्व प्रधानमन्त्री खनाल

सारांश

  • पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रको फोहोर भएको टिप्पणी गरेका छन् ।
  • उनले ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गरिएको समेत बताए ।
  • ओलीलाई प्रधानमन्त्री बनाउनु गल्ती थियो भन्ने प्रश्नमा खनालले भने, ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउनु हाम्रो गल्ती भयो ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रको फोहोर भएको टिप्पणी गरेका छन् । उनले ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गरिएको समेत बताए ।

ओलीलाई प्रधानमन्त्री बनाउनु गल्ती थियो भन्ने प्रश्नमा खनालले भने, ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउनु हाम्रो गल्ती भयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खनालले भने, “हामीहरुसंग सबै ठाउँमा बहुमत छ, त्यसैले हाम्रो पार्टीले नै आधिकारिकता पाउछ, प्रधानमन्त्री प्रथम अध्यक्ष हुदै होइन, हामीले दुई पार्टी एक गर्दा पार्टी तथा सरकार आलो पालो चलाउने सर्त गरेका थियौँ, पार्टीबाट छुटेर गएको एउटा गुट आधिकारिक हुनै सक्दैन ।”

बरिष्ठ नेता खनालले कुनै पनि कमिटिको बैठकमा पहिलो दोस्रो अध्यक्ष नभएको बताए । हरेक ठाउँमा दुईटा अध्यक्षको हस्ताक्षर चल्ने गरेको बताउदै केन्द्रिय कमिटिको निणर्यले जुन सुकै पदबाट जस्लाई पनि हटाउन मिल्ने खनालले जिकीर गरे । खनालले निर्वाचन आयोग संवैधानिक आयोग भएकाले संबिधान अनुसार चल्नु पर्ने बताए ।

सर्वोच्च अदालतले संविधानको सहि ब्याख्या गर्ने विश्वास व्यक्त गर्दै उनले आफूहरुले मुद्दा जित्ने सय प्रतिशत नै सम्भावना भएको दावी गरे । प्रधानमन्त्री ओलीले देशको संविधानमाथि खेलवाड गरेको खनालको आरोप छ ।

खनालले बैशाखमा चुनाव नहुने दावी गर्दै प्रतिनिधि सभा विघटन गर्नु संविधान र जनतामाथिको ठाडो आक्रमण भएको बताए । प्रधानमन्त्री ओली असक्षम प्रधानमन्त्री भएको टिप्पणी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?