खरेलको विकल्प खोजी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १, २०७६
|
|
३८ पटक हेरिएको
Shares
खरेलको विकल्प खोजी

सारांश

  • काठमाडौं, १ माघ ।
  • नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई बिदा दिने मनस्थितिमा पर्यटनमन्त्री योगेश भट्टराई पुगेका छन् ।
  • खरेलसँग सञ्चालक समितिका सदस्यहरुसमेत रुष्ट भएका कारण मन्त्री भट्टराई उनलाई बिदा दिने निष्कर्षमा पुगेका हुन् ।

काठमाडौं, १ माघ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई बिदा दिने मनस्थितिमा पर्यटनमन्त्री योगेश भट्टराई पुगेका छन् । खरेलसँग सञ्चालक समितिका सदस्यहरुसमेत रुष्ट भएका कारण मन्त्री भट्टराई उनलाई बिदा दिने निष्कर्षमा पुगेका हुन् ।

स्रोतका अनुसार निगमको अध्यक्षमा पर्यटन सचिव र महाप्रबन्धकमा निगमभित्रकै योग्य, क्षमतावान कर्मचारीलाई नियुक्त गर्ने सोच मन्त्री भट्टराईले राखेका छन् । तर, यस विषयमा मन्त्री भट्टराईले प्रधनमन्त्रीसँग सल्लाह गर्ने समय पाएका छैनन् ।

नेपाल भ्रमण वर्षलाई सफल पार्न निगमको भूमिका महत्वपूर्ण हुने भए पनि निगमका अन्तर्रा्ष्ट्रिय उडान प्रायः खाली उड्ने गरेका छन् । जापानबाट प्रशस्त पर्यटक भित्र्याउन सकिए पनि ओशाकामा निगमले बजार विस्तार गर्न नसक्दा मासिक एक करोडभन्दा बढी घाटा व्यहोरिरहेको छ । निगममा कुशल व्यवस्थापक आउने हो भने निगमको अन्तर्रा्ष्ट्रिय गन्तव्यमा नेपाल भ्रमण वर्षका लागि व्यापार विस्तार गर्न सकिने आशा मन्त्री भट्टराईले गरेका छन् । तर, प्रधानमन्त्री ओलीको ठाडो आदेशबाट नियुक्त भएका खरेललाई हटाउन त्यति सजिलो भने छैन ।

खरेलले अहिले पनि व्यापक भ्रष्टाचार गरिरहेका छन् । नियममै ३० वर्षे सेवा अवधि बिताएका खरेललाई कहाँ–कहाँबाट कमिशन आउँछ भन्ने थाहा छ । त्यसमाथि उनले दुई पटक निगमको व्यवस्थापन सम्हालिसकेका छन् । न्यारोबडी खरिदमा उनले गरेको भ्रष्टाचार अख्तियारले छानबिन गर्दैछ भने एपियु भाडामा लिएको विषयमा पनि अख्तियारले छानबिन गरिरहेको छ ।

स्रोतका अनुसार निगमको एपियु सात महिनासम्म थन्क्याएर मासिक २७ हजार डलरमा भाडामा चलाइएको छ भने ४ लाख ३८ हजार अमेरिकन डलरमा निगमको एपियु मर्मतको जिम्मा विदेशी कम्पनीलाई बिनाप्रतिस्पर्धा दिएको छ ।(दृष्टि साप्ताहिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ आविष्कार-अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने
नयाँ आविष्कार-अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हाने पनि नफुट्ने
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ:  प्रधानमन्त्री ओली
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ: प्रधानमन्त्री ओली
बाढीपीडित बालबालिकालाई विद्यालय पोशाक वितरण
बाढीपीडित बालबालिकालाई विद्यालय पोशाक वितरण
किन पक्राउ परे दर्जनौ नर्सहरु ?
किन पक्राउ परे दर्जनौ नर्सहरु ?
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली
आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’
आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’
यो युग काम गर्ने युग हो, भाषण गर्ने होइनः उर्जामन्त्री शाही
यो युग काम गर्ने युग हो, भाषण गर्ने होइनः उर्जामन्त्री शाही
कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
ओली, दाहाल र केसी गलकोट आउने
ओली, दाहाल र केसी गलकोट आउने

तपाईंले छुटाउनुभयो कि?