छठ पर्वको उल्लास सुरु, मुख्य विधि आजदेखि

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
छठ पर्वको उल्लास सुरु, मुख्य विधि आजदेखि

सारांश

  • तराई मधेसको मुख्य पर्व छठको रौनकता आइतबारदेखि विधिवतरुपमा प्रारम्भ भएको छ ।
  • मिथिलाञ्चल सहित तराईका सबै क्षेत्रमा यतिबेला छठ मनाउने तयारीमा स्थानीय जुटिसकेका छन् ।
  • तयारीका लागि किनमेल गर्ने, घाट एवम् पोखरी सिंगार्ने तथा घरबाट टाढा रहेकाहरु घर फर्कन समेत थालिसकेका छन् ।

तराई मधेसको मुख्य पर्व छठको रौनकता आइतबारदेखि विधिवतरुपमा प्रारम्भ भएको छ । मिथिलाञ्चल सहित तराईका सबै क्षेत्रमा यतिबेला छठ मनाउने तयारीमा स्थानीय जुटिसकेका छन् । तयारीका लागि किनमेल गर्ने, घाट एवम् पोखरी सिंगार्ने तथा घरबाट टाढा रहेकाहरु घर फर्कन समेत थालिसकेका छन् ।

पर्वका लागि आवश्यक सामग्री बाँसका डाला, नांग्लो, ढकिया, कनसुप्ती र माटोका दीयो, हाथी, कुरुवार, नरिवल, सख्खर लगायतका सरसामान जुटाउन सर्वसाधारण व्यस्त बनिरहेका छन् ।

छठको मुख्य विधि अन्तर्गत पहिलो आइतबार अरबा अरबाइन गरिन्छ । जसलाई नहाय खाय पनि भन्ने गरिन्छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सुर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि रहेको छ ।

कात्तिक शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने छठमा सूर्यको पूजा गरिन्छ। चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौँथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत तोडेर विधिवत रुपमा समापन हुने गर्छ।

छठ पर्व ब्रत अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्य वस्तुहरु अनिवार्य रुपमा बार्ने चलन छ।

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर, अग्नीकुण्ड, रत्नसागर, बाल्मिकीसर लगायतका दर्जनौं पोखरी र सरोवरहरुलाई विभिन्न संघ–संस्था र युवा क्लबहरुले सरसफाई तथा बिजुली र पण्डाल लगायतका सामग्रीको व्यवस्थापन गर्न व्यस्त छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इराकी हिंसामा १० जना मारिए
इराकी हिंसामा १० जना मारिए
श्रीमान् र बच्चा सहित नेपाल घुम्न आएकी अन्नीले विमानभित्र जे देखिन् !
श्रीमान् र बच्चा सहित नेपाल घुम्न आएकी अन्नीले विमानभित्र जे देखिन् !
भोली खण्डग्रास सूर्यग्रहण
भोली खण्डग्रास सूर्यग्रहण
बजाजले ल्यायो १ लाख ३२ हजार पर्ने सस्तो कार
बजाजले ल्यायो १ लाख ३२ हजार पर्ने सस्तो कार
प्रधामन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा, विवाद समाधानको लागि छलफल
प्रधामन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा, विवाद समाधानको लागि छलफल
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
सोमबार त्रिविको ४४ औँ दीक्षान्त समारोह
सोमबार त्रिविको ४४ औँ दीक्षान्त समारोह
इन्टरनेटमा भाइरल तरकारीवाली कुशुम श्रेष्ठ सङ्ग लिइएको पहिलो अन्तर्बार्ता, के भन्छिन कुशुम हेर्नुहोस…
मौद्रिक नीतिः राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने
मौद्रिक नीतिः राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

तपाईंले छुटाउनुभयो कि?