इनरुवालाई प्रदेश—१ को राजधानी बनाउन माग

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
इनरुवालाई प्रदेश—१ को राजधानी बनाउन माग

सारांश

  • इनरुवा, चौतर्फीरुपमा प्रदेशको राजधानीका लागि आन्दोलन भइरहेको बेला सुनसरी सदरमुकाम इनरुवालाई पनि प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका बुद्धिजीवी तथा सञ्चारकर्मीले गरेका छन् ।
  • इनरुवा प्रदेश नं १ का १४ जिल्लालाई पायक पर्ने, पर्यटकीय क्षेत्रको नजिक, भौतिक पूर्वाधार, सरकारी र ऐलानी जग्गा प्रशस्त भएको ठाउँ भएका कारण इनरुवालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका वुद्धिजीवीले गरेका हुन् ।
  • इनरुवामा तत्काल प्रदेश सरकारको मुख्यमन्त्री र प्रादेशिक मन्त्रालय राख्न सक्ने क्षमताका भवन र स्थान भएकाले राजधानी बनाउन उपयुक्त रहेको वुद्धिजीवी तथा समाजसेवी शिक्षक देवकृष्ण यादवको भनाइ छ ।

इनरुवा, चौतर्फीरुपमा प्रदेशको राजधानीका लागि आन्दोलन भइरहेको बेला सुनसरी सदरमुकाम इनरुवालाई पनि प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका बुद्धिजीवी तथा सञ्चारकर्मीले गरेका छन् ।

इनरुवा प्रदेश नं १ का १४ जिल्लालाई पायक पर्ने, पर्यटकीय क्षेत्रको नजिक, भौतिक पूर्वाधार, सरकारी र ऐलानी जग्गा प्रशस्त भएको ठाउँ भएका कारण इनरुवालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका वुद्धिजीवीले गरेका हुन् । इनरुवामा तत्काल प्रदेश सरकारको मुख्यमन्त्री र प्रादेशिक मन्त्रालय राख्न सक्ने क्षमताका भवन र स्थान भएकाले राजधानी बनाउन उपयुक्त रहेको वुद्धिजीवी तथा समाजसेवी शिक्षक देवकृष्ण यादवको भनाइ छ । यस क्षेत्रमा प्रदेशको राजधानी बनाउनका लागि भौतिक पूर्वाधारसँगै एयरपोर्टदेखि नजिक, यातायातको पहँुच भएको, चौविसै घण्टा विद्युत् रहने, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चारलगायतको पहुँच रहेकाले राजधानीको लागि उत्तम स्थान रहेको यादवले बताउनुभयो ।

यस क्षेत्रमा राजधानी भए विकासमा पछाडि रहेका गाउँपालिकासमेत विकासको मूलधारमा आउने भएकाले इनरुवा राजधानीका लागि उपयुक्त ठाउँ भएको उद्योग वाणिज्य संघका इनरुवा सचिव गिरिराज अटलले बताउनुभयो । इनरुवा शान्त र सहरीकरण उन्मुख रहेको, आपत्विपद र भूकम्पजस्ता प्राकृतिक प्रकोप आएको खण्डमा व्यवस्थापन र जोगिने स्थान तथा खुल्ला चौर भएकाले अरु ठाउँको तुलनामा इनरुवा राजधानीका लागि उत्तम ठाउँ भएको पत्रकार अमर काफ्लेको भनाइ छ । राजधानीको विषयमा पूर्वका धेरै जिल्लामा चर्चा चलिरहँदा सुनसरीका राजनीतिक दलहरु मौन रहेकाले सही समयमा सही सूचना दिनका लागि इनरुवा नै प्रदेशको राजधानी हुनुपर्ने समाजसेवी धीरज भट्टराईको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक डाक्टरले आफ्नै वीर्यबाट ११ जना महिलालाई गर्भवती बनाउँदा…
एक डाक्टरले आफ्नै वीर्यबाट ११ जना महिलालाई गर्भवती बनाउँदा…
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
एक युवकको फेसबुक लाइभ आत्महत्या
एक युवकको फेसबुक लाइभ आत्महत्या
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
बुद्धजयन्ती,उभौली पर्व– राष्ट्रपति÷उपराष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश !
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने
प्रधानमन्त्रीलाई सिटौलाको प्रश्न: सहयोगी भनेर के भन्न खोज्नुभएको ?’
दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन
दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन
राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता