नक्कली सुन सक्कली भन्दै बेच्ने गिरोह पक्राउ
सारांश
- नक्कली सुन बेच्ने गिरोहलाई प्रहरीले नियण्त्रणमा लिएको छ ।
- नियन्त्रणमा लिइएको गिरोहले नक्कली सुन दिई ४० लाख रुपैयाँ ठगेको थियो ।
- पक्राउ पर्नेमा काठमाडौँ, टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा, जनकपुर उपमहानगरपालिकाका मनिष ढुंगाना, काठमाडौँको काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् ।
नक्कली सुन बेच्ने गिरोहलाई प्रहरीले नियण्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको गिरोहले नक्कली सुन दिई ४० लाख रुपैयाँ ठगेको थियो । पक्राउ पर्नेमा काठमाडौँ, टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा, जनकपुर उपमहानगरपालिकाका मनिष ढुंगाना, काठमाडौँको काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् ।
काठमाडौ बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, काठमाडौँ बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडाँै तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा, बाराका सुरेश राई र निजगढका सागर राईलाई पनि पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
उनीहरुले एक किलो नक्कली सुन दिइ ४० लाख रुपैयाँमा विक्रि गरी ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । सो घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया