सलमान खान चन्द्रागिरि चढ्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, माघ ५ ।
  •  बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् ।
  • दबङ इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउ लागेका छन् ।

काठमाडौं, माघ ५ । बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । दबङ इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउ लागेका छन् । सोही अवसर पारेर उनले चन्द्रागिरि पहाड उक्लन लागेको चन्द्रागिरि हिल्स लिमिटिेडले दाबी गरेको छ ।

सलमान खाननिकट तथा दबङ इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट हालै जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स परिसरको भ्रमण गरि उक्त कुरा जानकारी गराएको कम्पनीले जनाएको छ ।

सलमान खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि भोली शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको र सो पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्ने बताइएको छ ।

(दबङ इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे टिम चन्द्रागिरिमा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?