५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
४१ पटक हेरिएको
Shares
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !

सारांश

  • अर्घाखाँची – नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन् ।
  • त्यतिमात्रै नभएर रायमाझी पार्टीबाट ५० हजार मत कटाउने एकमात्रै व्यक्ति हुन् ।
  • एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा वाम गठबन्धनका उम्मेदवार रायमाझीले १८ हजार ४०० को फराकिलो मत अन्तरले जीत हात पारेका हुन् ।

अर्घाखाँची – नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन् । त्यतिमात्रै नभएर रायमाझी पार्टीबाट ५० हजार मत कटाउने एकमात्रै व्यक्ति हुन् ।

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा वाम गठबन्धनका उम्मेदवार रायमाझीले १८ हजार ४०० को फराकिलो मत अन्तरले जीत हात पारेका हुन् । उनले २०६४, २०७० र अहिलेसमेत गरी लगातार तीन पटक जीत हात पारेका हुन ।

रायमाझी ५० हजार ३८५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा रामबहादुर बिसीले ३१ हजार ९४१ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८९ हजार २४० मत खसेकामा तीन हजार १५० मत बदर भएको छ ।

माओवादी नेता रायमाझीले २०६४ सालमा काँग्रेसका मानबहादुर विक र २०७० सालमा डा बिसीलाई नै हराएका थिए । प्रदेशसभातर्फ यो समाचार तयार पार्दासम्म दुई वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ