इलामका दुवै क्षेत्रमा एमालेको अग्रता फराकिलो हुँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३० पटक हेरिएको
Shares
इलामका दुवै क्षेत्रमा एमालेको अग्रता फराकिलो हुँदै

सारांश

  • इलाम, मंसिर २३ – इलामका दुवै प्रतिनिधिसभामा एमाले उम्मेदवारको अग्रता बढाउँदै लगेका छन् ।
  • क्षेत्र नम्बर १ मा गणनाको शुरु देखि नै अग्रता लिइरहेका एमालेका झलनाथ खनालले अहिले कांग्रेसका भुपेन्द्र कट्टेलसंगको अग्रता ६ हजार नघाउनुभएको छ ।
  • पछिल्लो विवरण अनुसार खनालले १४ हजार ८ सय ५६ र कट्टेलले ८ हजार ४ सय ९० मत पाउनुभएको छ ।

इलाम, मंसिर २३ – इलामका दुवै प्रतिनिधिसभामा एमाले उम्मेदवारको अग्रता बढाउँदै लगेका छन् । क्षेत्र नम्बर १ मा गणनाको शुरु देखि नै अग्रता लिइरहेका एमालेका झलनाथ खनालले अहिले कांग्रेसका भुपेन्द्र कट्टेलसंगको अग्रता ६ हजार नघाउनुभएको छ । पछिल्लो विवरण अनुसार खनालले १४ हजार ८ सय ५६ र कट्टेलले ८ हजार ४ सय ९० मत पाउनुभएको छ ।

यस्तै, क्षेत्र नम्बर २ मा एमालेकै सुवासचन्द्र नेम्बाङले पनि अग्रता बढाएर ४ हजार ६ सय नघाउनुभएको छ । पछिल्लो विवरण अनुसार नेम्बाङ्गले १६ हजार ३ सय १३ मत पाउनुभएको छ । कांग्रेसका केशव थापाले ११ हजार ६ सय ९८ मत पाउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?