आज मकर संक्रान्ति, आजबाट दिन लामो रात छोटो हुँदै जाने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १, २०७७
|
|
२४ पटक हेरिएको
Shares
आज मकर संक्रान्ति, आजबाट दिन लामो रात छोटो हुँदै जाने

सारांश

  • देशभर बुधबार माघे संक्रान्ति पर्व मनाईँदै छ ।
  • सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
  • माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।

देशभर बुधबार माघे संक्रान्ति पर्व मनाईँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा बुधबार विशेष मेलासमेत लाग्ने गर्छ ।

मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । खासगरी चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लाग्ने गर्दछ ।

कैलाली, दाङ, कञ्चनपुर, बाँके, बर्दियालगायत थारु बाहुल्य जिल्लामा माघ मिलन तथा माघ महोत्सवको आयोजना गरी उक्त पर्व धुमधामसँग मनाउने गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?