सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो

सारांश

  • काठमाडौं, १५ असोज ।
  • कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई सरकारको निर्देशनअनुसार प्रहरीले सुरक्षा दिएको छ ।
  • शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना प्रहरी सहायक निरीक्षक खटाएको छ ।

काठमाडौं, १५ असोज । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई सरकारको निर्देशनअनुसार प्रहरीले सुरक्षा दिएको छ ।शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना प्रहरी सहायक निरीक्षक खटाएको छ । शाहीले आफूमाथि महराबाट बलात्कार भएको भनेर बोलेको भोलिपल्टै बयान फेरकी थिईन् ।

उनले हिजोमात्रै आफूलाई फसाईएको बताउँदै यो प्रकरणमा महराको कुनै दोष नभएको जिकिर गरेकी थिईन् ।तर, मिडियामा महराले शाहीलाई जबरजस्ती गरेर बोल्न लगाएको र बेपत्ता बनाईएको हल्ला चलेको थियो । त्यसैलाई मध्यनजर गर्दै प्रहरीले शाहीको सुरक्षामा प्रहरी खटाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?