पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
सारांश
- काठमाडौँ।
- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या प्रयास भएको छ ।
- कामदार पनि मृत फेला परेका छन् ।
काठमाडौँ। पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या प्रयास भएको छ । कामदार पनि मृत फेला परेका छन् । श्रीमती गम्भीर अवस्थामा भेटिएकी छिन् । उनीमाथि आफ्नै घरमा आक्रमण भएको थियो ।
सानेपास्थित निवासमा कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन् । साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको ललितपुर प्रहरी परिसर प्रमुख टेकप्रसाद राईले जानकारी दिए ।
विजयले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ । कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा दुवैको शव फेला परेको बताएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया