आजको मन्त्रिपरिषद बैठकले के गर्यो निर्णय
सारांश
- काठमाडौं, २० साउन ।
- सरकारले विभिन्न ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।
- आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।
काठमाडौं, २० साउन । सरकारले विभिन्न ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।
भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५, उपभोक्ता हित संरक्षणसम्बन्धमा संशोधन गर्न बनेको विधयेक संसदमा पेश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, संकाटापन्न बन्यजन्तु तथा बनस्पतिहरुको व्यापार नियन्त्रण पहिलो संशोधनसम्बन्धी विधेयक पनि संसद पेश गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले संविधानसँग प्रतिकूल रहेका ऐन, कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिँदै आएको छ । आगामी असोज ३ गतेभित्र संविधानमा व्यवस्था गरिएबमोजिम मौलिक हकसम्बन्धी कानुन सरकारले बनाई सक्नुपर्नेछ ।
प्रतिक्रिया