सवारी दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौँ, ५ भदौ कैलाली ः चुरे गाउँपालिका–५ खानी डांडा स्थित पूर्व पश्चिम राजमार्गमा ना.
  • ४ ख ५६३५ नम्बरको बस सोमबार सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर दुर्घटना हुंदा डोटी जोरायल गाउँपालिका–५ बस्ने ७१ बर्षीय नरबहादुर देउवा र कैलाली जोसिपुर–७ बस्ने ४८ बर्षीया दुर्गादेवी मल्लको मृत्यु भएको छ ।
  • दुर्घटनामा देउवाको घटनास्थलमै र मल्लको पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौँ, ५ भदौ
कैलाली ः चुरे गाउँपालिका–५ खानी डांडा स्थित पूर्व पश्चिम राजमार्गमा ना.४ ख ५६३५ नम्बरको बस सोमबार सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर दुर्घटना हुंदा डोटी जोरायल गाउँपालिका–५ बस्ने ७१ बर्षीय नरबहादुर देउवा र कैलाली जोसिपुर–७ बस्ने ४८ बर्षीया दुर्गादेवी मल्लको मृत्यु भएको छ । दुर्घटनामा देउवाको घटनास्थलमै र मल्लको पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १८ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी ः बर्दघाट नगरपालिका–१० लण्डनबृज स्थित महेन्द्र राजमार्गमा लु.१४प २१२९ नम्बरको मोटरसाइकल सोमबार अनियन्त्रित भई दुर्घटना हुंदा चालक भुताहा बस्ने ३२ बर्षीय हिमराज चौधरी गम्भीर घाइते भएकाले उपचारको लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?