सिटौला डिस्चार्ज भए, शुभचिन्तकलाई धन्यवाद
सारांश
- काठमाडाैँ, १२ चैत ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् ।
- केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए ।
काठमाडाैँ, १२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्यमा सुधार भएपछि सिटौला डिस्चार्ज भएको उनका सहयोगी एवं नेविसंघ पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।अस्पतालबाट बिदा हुँदै सिटौलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका सिटाैलाकाे आन्द्राबाट रक्तश्राव भई रगतमा हेमोग्लोविनको मात्रामा कमि देखिएको थियाे। ह्याम्स अस्पतालमा सिटौलाको आइसियूमा राखी उपचार भएकाे थियाे। भर्ना भएकाे ५ दिनपछि उनलाई ‘डिस्चार्ज’ गरिएकाे हाे।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया