कति बेला गर्ने प्रहरीलाई हटलाइन एसएमएस ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कति बेला गर्ने प्रहरीलाई हटलाइन एसएमएस ?

सारांश

  • आपत्विपद्मा पर्दा सहयोग माग्न प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्दा व्यस्त हुनाले तपाईँले तनाव बेहोर्नुपरेको त छैनरु कि नबोलीकनै आफू आपत्मा परेको प्रहरीलाई जानकारी दिनुपर्ने अवस्था आइपरेको छ ?
  • यस्ता समस्यालाई ध्यान दिँदै प्रहरीले १०० मै निःशुल्क एसएमएस सन्देश समेत पठाउने सकिने सेवा शुरु गरेको छ।
  • विज्ञहरूले भने त्यसको प्रभावकारिताका लागि आपत् पर्दा पठाइने त्यस्ता एसएमएसको भाषाको ढाँचा निश्चित तथा छरितो बनाउनुपर्ने औँल्याएका छन्।

आपत्विपद्मा पर्दा सहयोग माग्न प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्दा व्यस्त हुनाले तपाईँले तनाव बेहोर्नुपरेको त छैनरु कि नबोलीकनै आफू आपत्मा परेको प्रहरीलाई जानकारी दिनुपर्ने अवस्था आइपरेको छ ?

यस्ता समस्यालाई ध्यान दिँदै प्रहरीले १०० मै निःशुल्क एसएमएस सन्देश समेत पठाउने सकिने सेवा शुरु गरेको छ। विज्ञहरूले भने त्यसको प्रभावकारिताका लागि आपत् पर्दा पठाइने त्यस्ता एसएमएसको भाषाको ढाँचा निश्चित तथा छरितो बनाउनुपर्ने औँल्याएका छन्।
त्यस्तो एसएमएस सेवा पहिलो चरणमा काठमाण्डू उपत्यकाभित्र मात्र उपलब्ध हुनेछ।

आपत्कालीन
आपत्कालीन अवस्थामा सर्वसाधारणले एसएमएस गर्छन् कि फोन भन्नेबारे नेपालमा स्पष्ट अध्ययन भने भएको छैन। प्रहरीले एसएमएस सेवालाई त्यो बुझ्ने प्रारम्भिक अभ्यास पनि ठानेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी बताउँछन्। ‘जस्तो ट्याक्सीमा यात्रा गरिरहँदा चालकको गतिविधि सन्देहपूर्ण लाग्यो वा हिँड्दै गर्दा कसैले पछ्याइरहेझैँ लाग्यो भने बोल्न भन्दा एसएमएस सहज हुनेछ।’ पछिल्ला समय निकै प्रकाशमा आइरहेका घरेलु हिंसा र बलात्कारजन्य घटनामा समेत पीडितले गोप्य रूपमै उजुरी दिन यसले सघाउने प्रहरीको विश्वास छ। फोनमा कतिपय अवस्थामा अस्पष्ट हुने सूचना एसएमएसबाट स्पष्ट हुने र ब्लफ कलहरू पनि कम हुने अधिकारीहरू बताउँछन्।

सुझाव
कतिपय विज्ञले भने यसको प्रभावकारिताका लागि प्रहरीले लामो सन्देशभन्दा पनि एक(दुई शब्दबाट सन्देश बुझ्ने र घटनास्थल पत्ता लगाउन सक्ने संयन्त्र बनाउनुपर्ने सुझाएका छन्।
एक निजी एसएमएस सेवा प्रदायक संस्थाका इञ्जिनियर ध्रूवकेदार अधिकारी भन्छन्, ‘एसएमएस लेख्ने सबैका तरिका एकैखाले नहुन सक्छन्। त्यसैले लामा वाक्य नलेखेर ‘हेल्प’ , ‘कल’ जस्ता संक्षिप्त सङ्केतमै उजुरी गर्ने व्यवस्था गरेमा एसएमएस आएको स्थल पहिचान गरेर सहायता एवं उद्दारका लागि पुग्न सकिन्छ।’

एसएमएस सेवा थपे पनि फोनबाट हुने आपत्कालीन गुनासोका उजुरी भने यथावत् नै रहनेछन्।
प्रहरीले काठमाण्डूको अनुभवका आधारमा एसएमएस हटलाइनलाई देशभरि विस्तार गरिने बताएको छ।
बिबिसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?