हामीलाई तलब थोरै भयो सरकार : इसिडी शिक्षक
सारांश
- काठमाडौं, १ जेठ – अस्थायी शिक्षक, विद्यालय कर्मचारीको तलब बढाउने आन्दोलनपछि प्रारम्भिक बाल विकास (इसिडी)मा कार्यरत शिक्षक पनि सिंहदरवार धाएका छन् ।
- शिक्षा ऐनको आठौं संशोधनले इसिडीलाई विद्यालय तहमा समायोजन गरेपनि मासिक ६ हजारमा काम गर्न बाध्य भएको भन्दै तलब बढाउन माग गर्दै सिंहदरवार पुगेका हुन् ।
- बाल विकासमा पढाउने शिक्षकहरुले सोमवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र खानेपानी मन्त्री विना मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।
काठमाडौं, १ जेठ – अस्थायी शिक्षक, विद्यालय कर्मचारीको तलब बढाउने आन्दोलनपछि प्रारम्भिक बाल विकास (इसिडी)मा कार्यरत शिक्षक पनि सिंहदरवार धाएका छन् ।
शिक्षा ऐनको आठौं संशोधनले इसिडीलाई विद्यालय तहमा समायोजन गरेपनि मासिक ६ हजारमा काम गर्न बाध्य भएको भन्दै तलब बढाउन माग गर्दै सिंहदरवार पुगेका हुन् ।
बाल विकासमा पढाउने शिक्षकहरुले सोमवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र खानेपानी मन्त्री विना मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।
देशभरका ३६ हजार इसिडी शिक्षकलाई बाच्न पुग्ने गरी तलब, सुविधा दिन माग गरेका हुन् ।
संघर्ष समितिकी अध्यक्ष एवं कृष्णामा मावि बाँकेकी इसिडी शिक्षक कृष्णा थापाले शिक्षामन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउँदै स्नातक र स्नात्तकोत्तर गरेका र शिक्षक लाइसेन्स भएका आफुहरु मासिक ६ हजारमा काम गर्न बाध्य रहेको गुनासो गरिन् ।
बालबालिकाको भविष्य निर्माणको आधार बालविकास रहेको भन्दै भाषण गर्ने सरकारले त्यसमा काम गर्ने इसिडि शिक्षकहरुमाथि भने विभेद गरिरहेको उनले आरोप लगाइन । तत्काल प्रावि शिक्षक सरह सेवा सुविधा नपाए आफुहरुले न्यायको भिषण आन्दोलन शुरु गर्ने समेत अध्यक्ष थापाले चेतावनी दिइन् ।
ज्ञापन पत्र बुझ्दै शिक्षामन्त्री पोखरेलले त्यसमा उल्लेखित माग प्रति आफु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया