उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशहरु यी हुन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
२२ पटक हेरिएको
Shares
उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशहरु यी हुन्

सारांश

  • काठमाडौं ।
  • उच्च अदालतका लागि २७ जना न्यायाधीशमा सिफारिस भएका छन् ।
  •   रिक्त रहेका न्यायाधीशहरुको पदपूर्ति गर्नका लागि न्याय परिषद्ले २७ जनाको नाम सिफारिस गरेको हो ।

काठमाडौं । उच्च अदालतका लागि २७ जना न्यायाधीशमा सिफारिस भएका छन् ।  रिक्त रहेका न्यायाधीशहरुको पदपूर्ति गर्नका लागि न्याय परिषद्ले २७ जनाको नाम सिफारिस गरेको हो ।

शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्त पदहरुमध्ये हालको लागि २७ जनालाई न्यायाधीशमा सिफारिस गरेको जनाएको छ । १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायीबाट सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।

न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?