काठमाडौंमा एकैदिन १०१७ जनामा कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २०, २०७७
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौंमा एकैदिन १०१७ जनामा कोरोना संक्रमण पुष्टि

सारांश

  • काठमाडौं, २० असोज ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १ हजार १७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १५ सय ५१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ हजार १७ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, २० असोज । काठमाडौं उपत्यकामा आज एकै दिन १ हजार १७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १५ सय ५१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ हजार १७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार ४७ जनाको पिसीआर परिक्षणमा १५ सय ५१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २३४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ६७ हजार ५ सय ४२ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ७८३ जना र ललितपुरका ११८ जना र भक्तपुरका ११६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ९० हजार ८ सय १४ पुगेको छ ।

(https://mrbonespumpkinpatch.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?