उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा

सारांश

  • उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ ।
  • पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिनुभयो ।
  • छानबिन समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश एयरका सेफ्टी म्यानेजर वरुण ज्ञवाली, प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बु, लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारी, फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्मासहितको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।

उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिनुभयो ।

छानबिन समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश एयरका सेफ्टी म्यानेजर वरुण ज्ञवाली, प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बु, लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारी, फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्मासहितको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख अधिकारीका अनुसार काठमाडौँबाट हवाई जहाजमार्फत लुक्ला आएको टोलीले घटनास्थल पुग्न कैलाश एयरकै हेलिकोप्टर प्रयोग गरेको थियो । घना जङ्गल भएकाले हेलिकोप्टर अवतरण गर्ने ठाउँ नभएकाले आकाशबाटै जस्तापाता झरेको स्थानको अवलोकन गरेको टोली पुनः लुक्ला फर्केर बसेको छ । टोली आज काठमाडौँ फर्केर केही दिनमा प्रतिवेदन बुझाउने नेपाल नागरिक उड्डयन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रले जानकारी दिनुभयो ।

घटनाको विषयमा आफूहरु गम्भीर भएको भन्दै उहाँले प्रतिवेदनका आधारमा प्राधिकरणले थप निर्णय गर्ने बताउनुभयो । बारम्बार यस्ता घटना घट्नुले हवाई उडानको समयमा असुरक्षित महसुस भएको स्थानीयको भनाइ छ । शनिबार सोलुदूधकुण्ड नगरपालिका–१ को टाक्सिन्दुबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ दिङ्बोचेका लागि डोरीमा झुण्ड्याएर निर्माणका सामग्री लाँदै गर्दा केही मिनेटपछि लुङ्दीङ जङ्गलमा झरेको थियो ।

यस विषयमा कैलाश एयर प्रालिका अपरेसन म्यानेजर प्रतापजङ्ग पाण्डले कमजोरीको बचाउ गर्न खोज्दै आफूलाई केही पनि जानकारी नभएको जवाफ दिनुभयो । उहाँले नेपाल बाहिर रहेको भन्दै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराउने भने पनि अन्तिममा फोनसमेत ‘रिसिभ’ गर्नुभएन ।

किन झर्छ बारम्बार सामग्री

कैलाश एयरको हेलिकोप्टरले सामान झार्दै उडेको यो पहिलो घटना होइन । यसअघि गत भदौ १९ गते पनि सोही एयरको हेलिकोप्टरले सोलुदूधकुण्ड नगरपालिका–२ फेरामा सिरकको पोकोसहितको सामग्री झारेको थियो । यस विषयमा नियमनकारी निकाय मौन बस्यो ।

विभिन्न सञ्चारमाध्यममा नियमविपरीत हेलिकोप्टर कम्पनीको उडान शीर्षकमा समाचार प्रकाशन प्रसारण भएको भए पनि निमयनकारी निकायले कुनै कदम चालेन । स्थानीय प्रशासनको समन्वयमा सुरक्षा ग्यारेण्टी गरी उडान भर्नुपर्ने हेलिकोप्टरले हाल सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुको एकान्त ठाउँबाट सेवा प्रवाह गरिरहेको छ । यहाँ न त नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै पुग्छन् न त प्रहरी प्रशासन नै, त्यसैले के कति कसरी काम भइरहेको छ भन्नेबारेमा यहाँका प्रशासनलाई थाहा हुने कुरा पनि भएन ।

टाक्सिन्दु पुग्नुभएका सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लिम्बुले अव्यवस्थित ढङ्गबाट मालसामान ढुवानी भएको पाइएको बताउनुभयो । उहाँका अनुसार कार्गो ढुवानीमा प्रयोग गरिने जाली च्यातिएपछि सामग्री खसेको हो । घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै उहाँले तत्कालका लागि टाक्सिन्दुको प्रहरीले अनिवार्यरूपमा निगरानी राख्ने बताउनुभयो ।

प्रहरीले जाँच नगरी कार्गो ढुवानी गर्न नपाउने व्यवस्था गर्न सकिने उहाँको भनाइ छ । “छानबिन समितिको प्रतिवेदन केही दिनमा आउला, त्यो कस्तो आउँछ हेर्न बाँकी छ”, प्रहरी प्रमुख लिम्बुले भन्नुभयो, “नागरिक उड्डयनको पाटोबाट गर्ने एउटा होला हाम्रो तर्फबाट तत्काल सुरक्षा समितिको बैठक बसेर निर्णय गर्छौँ ।” सानो ठाउँमा निर्माणका सामग्री अव्यवस्थित ढङ्गबाट कार्गो ढुवानी भएकाले विमानस्थलबाटै ढुवानी गराउँदा सहज हुने बताइएको छ ।

मनोमानी ढङ्गबाट जथाभावी उडान तथा अवतरण गर्दा गैरकानुनी गतिविधि बढ्ने स्थानीयवासीको भनाइ छ । प्राधिकरण र मन्त्रालयबाट जारी गरिने उडान अनुमतिमा कुन, कुन वस्तु कुन क्षेत्रमा दैनिक कति पटक गर्न पाउने स्पष्ट खुलाएको हुन्छ तर नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनको उपस्थितिबिना गरिने ढुवानीले नियमको पालना नगरेको स्पष्ट हुने स्रोतको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक
श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक
ओलीविरुद्ध किन खनिए कमल थापा ?
ओलीविरुद्ध किन खनिए कमल थापा ?
आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले
आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले
काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम
काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम
धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी
धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी
भारत सरकारकाे नाटक: वार्ता रोकेर मन्त्री काठमाडौंमा
भारत सरकारकाे नाटक: वार्ता रोकेर मन्त्री काठमाडौंमा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल
आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने, बाढी, पहिरो र डुबानाको जोखिम कायमै
आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने, बाढी, पहिरो र डुबानाको जोखिम कायमै
सरकारले सही बाटो, नीति लिएको छ : प्रम ओली
सरकारले सही बाटो, नीति लिएको छ : प्रम ओली

तपाईंले छुटाउनुभयो कि?