मोटरसाइकल हराएको छ ? महाशाखामा बुझ्नुहोस्, फेला पर्न सक्छ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मोटरसाइकल हराएको छ ? महाशाखामा बुझ्नुहोस्, फेला पर्न सक्छ !

सारांश

  • काठमाडौं, पुस १२ ।
  • काठमाडौं उपत्यकामा मोटरसाइकलहरु दिनदिनै हराउँछन् ।
  • पार्किङ गरिराखेको ठाउँबाट, घरबाट मोटरसाइकल हराउने गर्छ ।

काठमाडौं, पुस १२ । काठमाडौं उपत्यकामा मोटरसाइकलहरु दिनदिनै हराउँछन् । पार्किङ गरिराखेको ठाउँबाट, घरबाट मोटरसाइकल हराउने गर्छ । मोटरसाइकल हराएपछि तपाईं हामी जो पनि ट्राफिक प्रहरीमा रिपोर्ट गर्न जान्छौं ।

प्रहरीलाई रिपोर्ट गरे पनि कतिपय मोटरसाइकल फेला पर्दैन् त कतिपय पर्छ । यसमा प्रहरीको कुनै कमजोरी छैन्, स्वयम् मोटरसाइकल धनीको कमजोरी हुन्छ ।

किनकि मोटरसाइकल धनीले आफ्नै हेलचक्र्याईंका कारण जथाभावी पार्किङ गर्ने, ह्यान्ड लक नगर्नेजस्ता कारणले मोटरसाइकल हराउने गर्दछ । त्यसैले अबदेखि होसियार !

त्यस्तै आज ट्राफिक प्रहरी महाशाखाले ३० वटा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित पक्षलाई बुझाउन राखेको जानकारी गराएको छ । काठमाडौंको विभिन्न स्थानबाट हराएको ३० वटा मोटरसाइकल शाखाले बुझाउ राखेको बताएको छ ।

केही मोटरसाइकल महाशाखाका सह–आयुक्त प्र.ब.उ. रमेश रन्जितकारले सवारी धनीलाई हस्तान्तरण गरिसकेका छन् ।

यदि कसैको मोटरसाइकल हराएर प्रहरी रिपोर्ट गर्नुभएको छ भने एकचोटी महाशाखा गएर बुझ्नुहोला फेला परेको हुनसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?