काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम
Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
५२ पटक हेरिएको
0
Shares
Shikharkhabar
0
Shares
सारांश
गाईघाट १२,चैत।
काममा चरम ढिलासुस्ति र गुणस्तरीय काम नभएको भन्दै आज उदयपुर सदरमुकाम गाईघाटका ब्यापारी र सर्ब साधारणले जक्काजाम गरेका छन ।
६ महिना भन्दावढि समय भईसक्दा पनी सडक र नालीको काम सम्पन्न नभएको भन्दै व्यापारी र स्थानियहरुले सडक अवरोध गरेका हुन ।
गाईघाट १२,चैत। काममा चरम ढिलासुस्ति र गुणस्तरीय काम नभएको भन्दै आज उदयपुर सदरमुकाम गाईघाटका ब्यापारी र सर्ब साधारणले जक्काजाम गरेका छन । ६ महिना भन्दावढि समय भईसक्दा पनी सडक र नालीको काम सम्पन्न नभएको भन्दै व्यापारी र स्थानियहरुले सडक अवरोध गरेका हुन ।
गाईघाट कदमाहा सडक खण्ड अन्तर्गत सुर्य कन्स्ट्रक्सन प्रा.ली.ले ठेक्का मार्फत गरीरहेको त्रियुगा वसपार्कदेखि मेनचोकसम्म विस्तारीत सडकको काममा लापरपवाहि भएको उनीहरुको आरोप छ । विस्तारीत सडक निर्माणको काम जारी रहुन्जेल त्रियुगा नगरपालिकाको दमकल मार्फत दैनिक २ पटक पानी छिट्ने सहमति भएपनी सहमति अनुशार पानी नछिटिएकाले धुवा र धुलोवाटआक्रान्त भएका व्यापारी र स्थानियहरुले वन्द आह्वान गरेका हुन ।ठेकेदार नगरप्रमुख लयागतलाई समस्याको विषयमा जानकारी गराउदा समेत आश्वासन मात्र पाएको उनिहरुको भनाई छ ।
ठेकेदार कम्पनीले वजारमा निर्माण गरिएको नालामा प्रयोग भएको स्ल्याप कमसल भएको आरोप लगाए । सडक अवरुद्ध पार्न स्वस्फुर्त रुपमा आफ्नो पसल समेत वन्द गरेर व्यापारीहरु सडकमा निस्किएका छन।
उनिहरुले आज पहिलो दिन विहान १० वजे देखि २ वजे सम्म ४ घण्टा चक्काजाम गर्ने जनाएका छन । सडक अवरुद्ध पारेका व्यवशायिहरुले नगरप्रमुख र सुरक्षाप्रमुख संग सडकमै वार्ता गर्नुपर्ने माग गरेका छन । यध्यपि अवरुद्ध सडक खुलाउन जनप्रतिनिधि,सुरक्षा निकाय र व्यपारी विच वार्ताको पहल भईरहेको छ ।
प्रतिक्रिया