बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०८१
|
|
३७ पटक हेरिएको
Shares
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो सम्म १ सय ५३ जनाको मृत्यु भएको छ।
  • बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५३ जनाको मृत्यु भएको हो।

काठमाडौं। अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो सम्म १ सय ५३ जनाको मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५३ जनाको मृत्यु भएको हो।

साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्दार गरिएको छ। बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४७ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय ३८ घर परिवार विस्थापित भएका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानी संस्थाले दुईवटा विद्यालय बनाइदिने
जापानी संस्थाले दुईवटा विद्यालय बनाइदिने
आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !
जनकपुरमा  माेदीकाे ४ अर्बकाे ‘सरप्रार्इज’ सम्भावना !
जनकपुरमा  माेदीकाे ४ अर्बकाे ‘सरप्रार्इज’ सम्भावना !
कमाउ अड्डा जान कर्मचारी तँछाडमछाड
कमाउ अड्डा जान कर्मचारी तँछाडमछाड
आज सोमबार यस्ताे छ मुद्राको विनिमय दर
आज सोमबार यस्ताे छ मुद्राको विनिमय दर
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु
नेपाल संवत् मौलिक पहिचान  अध्यक्ष ओली
नेपाल संवत् मौलिक पहिचान अध्यक्ष ओली
बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह
बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’