इस्लाम धर्मावलम्वीहरुले आज इदुलफित्र पर्व मनाउँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०८०
|
|
४२ पटक हेरिएको
Shares
इस्लाम धर्मावलम्वीहरुले आज इदुलफित्र पर्व मनाउँदै

सारांश

  • काठमाडौं।
  • इस्लाम धर्मावलम्वीको महान पर्व इदुलफित्र आज हुने भएको छ।
  • यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए।

काठमाडौं। इस्लाम धर्मावलम्वीको महान पर्व इदुलफित्र आज हुने भएको छ। यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए। जसलाई रोजा भनिन्छ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका मानिसहरु दिनमा निराहार बस्छन्। बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहार बसी सूर्यास्त भएपछि ‘एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानामा ब्रत बस्ने र साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?